काठमाडौं, १४ माघ । विद्युत् चोरीमा नेपाल विद्युत् प्राधिकरणमा कार्यरत नेपाली काँग्रेस र नेकपा (एमाले) निकटका कर्मचारी संगठनका नेताहरुको हात रहेको पाइएको छ ।
महानगरिय अपराध महाशाखाले नियन्त्रणमा लिएका कर्मचारीहरुको सुक्षम अध्ययन गर्दा उनीहरु राजनीतिक संगठनको आडमा विद्युत् चोरीमा संलग्न रहेको पाइएको हो ।
वितरण केन्द्रका प्रमुख तथा केही इन्जिनियर समेत त्यसमा संलग्न रहेको पाइएको छ । प्रहरीले सिंगल फेजको लाइन चोरीको मात्रै उजागर गरको हो । डबल र त्रिपल फेजको विद्युत् चोरीका बारेमा पनि सुक्षम अध्ययन भइरहेको प्रहरीले जनाएको छ ।
त्रिपल फेजको विद्युत् चोरीमा त प्राधिकरणका एक दर्जन बढी इन्जिनियर नै संलग्न रहेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ । उनीहरुलाई छिट्टै पक्राउ गर्ने तयारी गरिएको छ । वितरण शाखाका प्रमुखसँगकै मिलमतोमा विद्युत् चोरी हुने गरेको पाइएको छ । अधिकाशं स्थानमा वितरण केन्द्रका प्रमुख , मिटर रिडर तथा उद्योगी तथा व्यावसायीको मिलोमतामा नै विद्युत् चोरी हुने गरेको अध्ययनबाट फेला परेको छ ।
ऊर्जा मन्त्रालयमा नेकपा (माओवादी केन्द्र)का इमान्दार एवम् स्वच्छ छवी भएका नेता जनार्दन शर्मा मन्त्री बनेर आएपछि प्राधिकरण सुधारको अभियान सञ्चालन गर्ने घोषणा गरेका थिए । प्राधिकरण सुधारका लागि पहिलो शर्त भनेकै आन्तरिक सुधार हो । त्यसका लागि प्राधिकरण भित्रका चोरीमा संलग्न कर्मचारीलाई कारवाही गराउनु वा गर्नु नै पहिलो शर्त हो । प्राधिकरणको सुधार कार्यमा नेपाल प्रहरीले समेत साथ दिएको छ ।
चोर जोगाउन आन्दोलनको नाटक
करिब १३ अर्ब बराबरको विद्युत् चोरीमा संलग्न भएको पाइएपछि महानगरिय प्रहरी अपराध महाशाखाले नेपाली काँग्रेस र नेकपा ९एमाले० निकटका कर्मचारी संगठनका केन्द्रीय कोषाध्यक्ष र केन्द्रीय सदस्य नै पक्राउ परेपछि त्यसलाई नै निहु बनाएर उनीहरुले आन्दोलनको नाटक सुरु गरेका छन् ।
प्राधिकरणले विगत २२ वर्षदेखि एकै स्थानमा रहेका कर्मचारीलाई पछिल्लो पटक सरुवा गरेपछि विद्युत् चोरीको जालो भत्किएपछि उनीहरु आन्दोलनको धम्की दिदै आज प्राधिकरणको केन्द्रीय कार्यालय र क्षेत्रीय कार्यालयहरुमा घेराउ गरेका छन् ।
विद्युत् चोरीमा संगठित गिरोह नै रहेको भन्ने सूचनाका आधारमा उक्त गिरोह भत्काउन पहिलो चरणमा प्राधिकरणले दुई हजार ४८० कर्मचारी सरुवा गरेका थियो ।
कर्मचारी सरुवा भएपछि विद्युत् चोरीमा संलग्न गिरोहको जालो भत्किएको भन्दै उनीहरुले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराईको कार्यकक्ष समेत घेराउ गर्दै चोरीमा संलग्नलाई कारवाही नगराउन धम्की दिएका थिए ।
उनीहरुले ऊर्जा मन्त्री शर्मालाई समेत अहिले सरुवा नगर्न भन्दै ज्ञापनपत्र बुझाउन पुगेका थिए ।
प्राधिकरणले विराटनगर क्षेत्रीय कार्यालयमा ३२९, जनकपुर क्षेत्रीय कार्यालयमा ३५४, हेटौडा क्षेत्रीइ कार्यालयमा २९२, काठमाडौँ क्षेत्रीय कार्यालयमा ७८१, पोखरा क्षेत्रीय कार्यालयमा १६६, बुटवल क्षेत्रीय कायाृलयमा २६५ , नेपालगन्ज क्षेत्रीय कार्यालयमा १६१, अत्तरिया क्षेत्रीय कार्यालयमा १३२ जना कर्मचारी गरि दुई हजार ४८० जना कर्मचारीको नेपाल विद्युत् प्राधिकरण विनियमन अनुसार नै सरुवा गरिएको जनआह्वान साप्ताहिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्