सम्पादकीय

गैंडा नमारिएको एक हजार दिन पुग्यो



काठमाडौं, १४ माघ । दुर्लभ एक सिंगे गैंडाको उपयुक्त बासस्थान मानिएको चितवनमा गैंडाको अवैध चोरी शिकार नभएको आज शुक्रबार १ हजार दिन पुगेको छ ।

विगत एक हजार दिनमा चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको अवैध शिकार नभएको दाबी गरिएको छ ।

सन् २०११, २०१३, २०१५ र २०१६ मा सुनियोजित रुपमा तस्करहरुले गैंडाको अवैध शिकार नगरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले जनाएको छ ।

यो नतिजालाई सरकारसहित संरक्षण क्षेत्रमा क्रियाशील साझेदार संघ संस्थाले उपलब्धि मानेको नेपाल समाचारपत्रमा समाचार छ ।