दाङ,१४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारी सवार हेलिकप्टर प्रतिकुल मौसमका कारण दाङको भालुवाङमा आकस्मिक अवतरण गरिएको छ ।
कैलालीको धनगढीमा हुने कार्यक्रमका लागि काठमाडौँबाट त्यसतर्फ प्रस्थान गरेको भण्डारी सवार नेपाली सेनाको सुपर पुमा हेलिकप्टर भालुवाङमा अवतरण गरिएको हो ।
राष्ट्रपति भण्डारी अहिले दाङको भालुवाङस्थित सशस्त्र प्रहरी क्याम्पमा रहेको प्रमुख जिल्ला अधिकारी मेधनाथ काफ्लेले बताए ।
मौसम अनुकूल भएलगत्तै धनगढी प्रस्थान गर्ने बताइएको छ । टोलीमा राष्ट्रपति भण्डारी, पूर्व गृहमन्त्री भिम रावलसहित १२ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्