काठमाडौँ, १९ माघ । अखण्ड नेपाल पार्टीका केन्द्रीय उपाध्यक्ष रुपा भण्डारी नेकपा एमाले मा प्रवेश गरिन ।
पार्टी केन्द्रीय कार्यालय धु्रम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई पार्टी प्रवेश गराएका हुन ।
भण्डारी वन विज्ञान क्याम्पस पोखराका पूर्वप्राध्यापक पनि हुन । दुई साता यता मात्रै विभिन्त्र पार्टी परित्याग गरी एमाले पार्टी प्रवेश गन नेता –कार्यकताहरुको एक प्रकारको लहर नै चलेको छ ।
नेत्री भण्डारीले अखण्ड पार्टीका अध्यक्ष कुमार खड्का वर्तमान सरकारमा सहभागी भएपछि आफूले सो पार्टी परित्याग गरेको र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि एमाले दृढ देखिएकाले सो पार्टीमा प्रवेश गरेको वताइन ।
यसैबीच केही दिन अघि मात्रै अझाम जिल्लामा माओवादी केन्द्र र कांग्रेस पार्टी परित्याग गरी एमाले प्रवेश गर्ने दुई दर्जन भन्दा बढीले गरेका थिए । अझाम जिल्लामा भएको कायक्रममा
कांग्रेस र माओवादी केन्द्र सरकारमा रहेको बेला पार्टी परित्याग गर्दै एमालेमा प्रबेश गर्नेको लहर लागेको छ । एमाले प्रवेश गर्नेहरुलाई पार्टीका उपाध्यक्ष भीम रावलले स्वागत गरेका थिए ।
कांग्रेसका जिल्ला नेता र माओवादी केन्द्र पार्टी सगठनमा महत्वपूर्ण पदमा दुई दर्जन बढी नेता कार्यकर्ता एमालेमा प्रबेश गरे । आइतबार अछामको बुढाकोट गाँउ कार्य समिती सभापती अर्जुन कुवर, उपसभापती मन्नाजे हुड्केसहित गाँउकार्य समिती भंग गर्दै सबै पदाधिकारी एमालेमा प्रवेश भएका छन् ।
प्रतिक्रिया दिनुहोस्