Banner News

त्यस्ता विद्वानका कुरा अहिले मुसाले लुगा काटे जस्तो छः अध्यक्ष ओली



काठमाडौ, १९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले‘ एमालेलाई राष्ट्रियताका सवालमा कुनै द्विविधा र अन्योलता छैन । कसैसँग झगडा गर्ने, निँहु खोज्ने हैन । दुवै छिमेकीसँग मिलेर अघि बढने हो’, पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले भने, ‘उनीहरुको चाहना बुझने हो । कोही कसैको पक्ष वा विपक्षमा बोल्ने हैन ।’

अध्यक्षले एमाले जहिले पनि छिमेकीबाट हस्तक्षेपबिनाको सुमधुर सम्बन्ध चाहेकामा जोड दिए । त्यहीकारण विरोधीहरु एमालेमाथि खन्निएको उनको भनाई थियो ।
एमाले साँचै राष्ट्रवादी पार्टी भयो भनेर एमालेविरुद्व अनावश्यक चर्चा टिकाटिप्पणी भइरहेको बताएका छन् ।

अध्यक्षले एमाले जहिले पनि छिमेकीबाट हस्तक्षेपबिनाको सुमधुर सम्बन्ध चाहेकामा जोड दिए । त्यहीकारण विरोधीहरु एमालेमाथि खन्निएको उनको भनाई थियो ।
अध्यक्षले तोकिएको समयमै निर्वाचन गर्नुपर्ने अडान पनि दोहो¥याएका छन् । ‘देशलाई निर्वाचन आवश्यक भएको समयमा केही विद्वान भन्नेहरु जसले भर्खरै एबीसीडी पढेका छन् देशलाई नै समस्यामा पार्ने तयारीमा रहेकोमा चनाखो हुन आग्रह गर्छु’, भने ।
‘ति विद्वानका कुरा अहिले मुसाले लुगा काटे जस्तो छ । मुसाले लुगा काटेर खाने होइन, उम्रदै गरेको धार तिखार्ने होअध्यक्ष ओलीले थपे–, ‘विद्वानहरुले मुसाले दाँतमा धार लगाए जस्तै बुद्विमा धार लगाइरहेका छन् । धार लगाए पनि देशलाई नोक्सान नपर्ने गरी लगाए राम्रो ।’

अध्यक्ष ओलीले एमालेलाई ठटाए देश रुने भएकाले त्यसका लागि भिड नै लागेको बताए । ‘एमालेलाई रुवायो भने देश रुन्छ भन्ने बुझेकाहरुले देशलाई रुवाउन खोजेका छन् । देशलाई चिमोट्न एमालेलाई चिमोट्नुपर्छ’, अध्यक्षले अगापड थप्दै भने–, ‘यसो गर्दा एमालेसहित देशलाई नै दुख्छ भन्ने बुझेकाहरुले यो काम गरिरहेका छन् ।’

पछिल्ला दिनमा प्रधानमन्त्री दाहालले अनेक तामासा देखाइरहेको भन्दै यस्तो काम तत्काल बन्द गर्न आग्रह गर्दै अध्यक्षदे भने – ‘आगामी दिनमा एमालेसँग हिँड्दा कोही कसैलाई एक्लै छु भन्ने भान हुँदैन । यो पार्टीमा हिमाल–पहाड–तराईका मान्छे छन्’, उनले भने, ‘विभिन्न पेशा व्यवसायमा लागेका पनि छन् । त्यसैले यो सबै नेपालीको पार्टी हो ।

दाहाल नेतृत्वको सरकार आफैँ सरकार पक्ष र आफै प्रतिपक्ष भएको आरोप लगाउँदै अध्यक्षले भने– ‘लेखा समिति बिनाशर्त प्रतिपक्षीलाई दिने प्रचलनको अन्त्य गरेर सरकारले आफैँ सरकारपक्ष र आफै प्रतिपक्ष भएको प्रमाणित गरेको छ अध्यक्षले थपे – ‘सरकारलाई प्रतिपक्षी पनि हुन मन छ भने मेरो सुझाव छ, प्रतिपक्षी पनि आफै लिए हुन्छ ।