अर्थ

कृषिको विकास नगरेसम्म मुलुकको विकास हुँदैनः उपाध्यक्ष वामदेब



बुटवल, १९ माघ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले संविधान कार्यान्वयनका लागि निर्वाचन जरुरी भए पनि सरकारले निर्वाचन गराउन नचाहेको आरोप लगाए।
नेपाल उद्योग तथा व्यवसायी महासङ्घ प्रदेश नं ५ समन्वय परिषद्को भेलालाई आज यहाँ सम्बोधन गर्दै नेता गौतमले मधेसकेन्द्रित दल सहमतिमा नआई संविधान कार्यान्वयन हुन सक्दैन भन्ने खालका अभिव्यक्ति संविधान कार्यान्वयनसँग मेल नखाने विचार राखे ।
पूर्वउपप्रधानमन्त्री गौतमले कृषिको विकास गरी औद्योगिकीकरण नगरेसम्म मुलुकको विकास हुन नसक्ने बताउँदै अब मुलुकलाई औद्योगिकीकरण गर्न लागिपर्छौँ भनेर सङ्कल्प गर्ने बेला आएको स्पष्ट गर्नुभयो । कार्यक्रममा एमालेका नेता मुकुन्द न्यौपाने, छविलाल विश्वकर्मा, लीला गिरी, महासङ्घका पदाधिकारीलगायतले मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन सबै लाग्नुपर्नेमा जोड दिए।