अर्थ

एकाएक ग्याममा मूल्य वृद्धि किन ग¥यो आयल निगमले



काठमाडौँ, २० माघ । खाना पकाउने ग्यासमा गरिएको मूल्य वृद्धि फिर्ता गर्न राष्ट्रिय उपभोक्ता मञ्च नेपालले सरकारसँग माग गरेको छ ।

नेपाल आयल निगमले बुधबार रातिदेखि लागू हुने गरी ग्यासमा प्रति सिलिन्डर रु २५ वृद्धि गरेको थियो । गत महिना समेत आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य वृद्धि गरेको र अहिले पुनः ग्यासमा मूल्य वृद्धि गरी कही हदसम्म स्थिर रहेको आर्थिक बजारलाई अस्थिर पार्ने काम गरेको मञ्चले आरोप लगाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य गत डिसेम्बरदेखि अहिलेसम्म प्रति व्यारेल ५० देखि ५२ डलरको हाराहारीमा स्थिर रहेको अवस्थामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको बहानामा निगमले मूल्य वृद्धि गरेको कार्यप्रति मञ्चले विरोध जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा नाममा निगमले गरेको वृद्धि कुनै पनि हिसावले तर्क संगत नभएको र निगमका अधिकारीहरुले अतिरिक्त लाभको लेखाजोखा गरेर पछिल्लो समय ग्यासमा ढाड सेक्ने काम गरिएको ओरोप समेत निमग माथि आमउपभोक्ताले लगाउँदै आएका छन । इन्धनको मूल्य वृद्धि गर्दा हुने अतिरिक्त लाभकै कारण ग्यासमा पनि वृद्धि भएको आम उपभोक्ताको तर्क छ ।

मञदारा जारी विज्ञप्तिमा“विगत दुई वर्षदेखि अत्याधिक नाफामा चलिरहेको निगमले विगतमा रु २०० सम्म घाटामा बेच्न सकिने खाना पकाउने ग्यासमा अहिले मूल्य बढेको बहानामा मूल्य वृद्धि गर्नु आम उपभोक्तलाई ठगेर कर्मचारीलाई बोनस बाँड्ने कार्य बाहेक अरु केही होइन्,” भनिएको छ ।

निगमको स्वेच्छाचारी कदमको विरोध गर्दै मञ्चले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र आपूर्ती मन्त्रालय समक्ष मूल्य वृद्धि तत्काल फिर्ता गर्न माग गरेको छ ।