काठमाडौं, २२ माघ । आगामी फागुन २ गतेबाट नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुने भएपछि नयाँ नेतृत्वमा कसलाई ल्याउने भन्ने विषयमा नेपाली कांग्रेसभित्र तीव्र विवाद शुरु भएको छ ।
प्रधानमन्त्री प्रचण्डले सरकारले कुनै पनि निर्णय गर्दा आफू विवादमा नपर्ने जानकारी सत्ता साझेदार दल नेपाली कांग्रेसका शीर्ष नेताहरुलाई गराएको भए पनि कांग्रेसभित्र भने नयाँ प्रहरी प्रमुख बनाउने विषयमा विवादले उग्ररुप लिएको छ ।
नेपाली कांग्रेसका प्रभावशाली मन्त्री रमेश लेखक, सांसद कर्ण मल्ल र सुदूरपश्चिमका कांग्रेस नेताहरुले आफ्नो अनुकुलका डीआईजी जयबहादुर चन्दलाई जुनसुकै हालतमा प्रहरी प्रमुख बनाउनुपर्ने लबिङ गरेपछि विवादले उग्र रुप लिएको हो ।
बिहीबार शीर्ष नेतासहितका केही उच्च नेताहरु सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा मन्त्री लेखकसहितको टोलीले चन्दलाई आईजीपी बनाउनुपर्ने जिकिर गरेको थियो ।
बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफूले विधि र प्रक्रियालाई मिचेर कुनै पनि नयाँ प्रहरी प्रमुख बनाउन नसक्ने अडान लिएपछि बैठकमा तीव्र विवाद भएको एक सहभागी सांसदले बताएको नेपाल समाचारपत्रमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्