काठमाडौँ, २२ माघ । मदिरा उद्योगलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको गुनासो सम्बन्धित उद्योगी एवम् व्यवसायी गरेका छन् ।
नेपाल मदिरा व्यवसायी महासङ्घको १३ औँ वार्षिक साधारण सभाका वक्ता व्यवसायीले सरकार र समाजबाट आफूहरु अपमानित भएको गुनासो गरेका हुन् ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्योगी व्यवसायीप्रति अनुदार भएकाले मुलुक आर्थिक समृद्धिमा अगाडि बढ्न नसकेको बताए ।
उनले मुलुकका लागि कर तिर्ने व्यवसायीको सम्मान हुनुपर्नेमा जोड दिँदै मदिरा व्यवसायीका समस्यालाई सम्बोधन गर्न सरकारसँग माग गरे ।
मदिरा व्यवसायी महासङ्घका अध्यक्ष कृष्णप्रसाद नेपालले मुलुकको कुल राजस्वको १७ देखि २० प्रतिशत हिस्सा मदिरा व्यवसायबाट उठ्ने गरेको तथ्याङ्क प्रस्तुत गदै मदिरा व्यवसायीलाई हेलाँ गरिएको गुनासो गरे ।
उनले भने , “स्वतःस्फूर्त राज्यलाई कर तिरेका छौँ, तर सरकारबाटै पीडित भएका छौंँ । कम्पनीले पनि हाम्रा समस्यालाई सुन्दैन ।”
प्रतिक्रिया दिनुहोस्