काठमाडौं, २६ माघ । लामो चर्चा र प्रतीक्षापछि सरकारले गत असार ९ गते औपचारिक रुपमा भक्तपुरको सूर्य विनायकमा राष्ट्रिय प्राणी उद्यान (चिडियाखाना) निर्माण गर्ने प्रक्रिया अघि बढाएको थियो ।
जाउलाखेलस्थित सदर चिडियाखानाको विकल्पको रुपमा अघि सारिएको उद्यान निर्माणको पहल अघि बढ्दै गर्दा मन्त्रीपरिषद्ले गत साता तनहुँमा अर्को चिडियाखाना निर्माण गर्ने निर्णय गरेको छ ।
वन्यजन्तुको संरक्षण, संरक्षण शिक्षा तथा पर्या पर्यटन प्रवद्र्धनका लागि एक प्रवेश एक प्राणी उद्यान स्थापना गर्ने सरकारको लक्ष्य छ ।
वन तथा भू संरक्षण मन्त्रालयले सबै प्रदेशमा चिडियाखाना स्थापनाका लागि सम्भावित स्थान प्रस्ताव गर्न राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागलाई निर्देशन दिइसकेको छ ।
सरकारले यस्तो महत्वपूर्ण लक्ष्य अगाडि बढाएको भएपनि मुलुकमा प्राणी उद्यान एवं चिडियाखाना सञ्चालन गर्ने कानुन भने अझै बन्न नसकेको ्नेपाल समाचारपत्रमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्