समाचार

सिटीइभीटीको सदस्यसचिवमा व्यापारीको चलखेल बढेपछि कर्मचारी चकित



काठमाण्डौ,२७ माग । सिटीयभीटी प्राविधिक तथा व्यवसायिक शिक्षा परिषदजस्तो शिक्षण संस्थामा व्यापारीको चलखेल तीव्र हुन थालेपछि सिटीयभीटीको भविष्यलाई लिएर त्यहाँका ईमान्दार कर्मचारीहरु चिन्तित हुन थालेको छन् । सिटीइभीटीको सदस्य सचिवका लागि कर्मचारी कम व्यापारी छवी बढी बनाएका पुष्परमण वाग्लेले एकाएक चलखेल तीव्र पारेपछि संस्थाको भविष्यलाई लिएर त्यहाँका कर्मचारी चिन्तित हुन थालेका हुन् ।
सिगो मुलुकको लागि दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने संस्थाको निती नियम बनाउने र लागू गर्ने संस्थामा व्यापारीले प्रवेश पायो भने सिगो संस्था नै व्यापारीकरणमा परिणत हुने भयकै कारण सिटीइभीटीका कर्मचारीहरु छट्टपट्टीमा परेका हुन् । सिटीइभीटीका निर्देशकका रुपमा कार्यरत वाग्लेसंग परिचित प्राय सबै कर्मचारीले उनलाई कर्मचारी होइन, व्यापारीका रुपमा चिन्दै आएका छन् । र, उनको कार्यालयमा व्यवहार पनि व्यापारीको जस्तै भएको स्रोतले जानकारी गरायो ।

स्रोतका अनुसार सिटीइभीटीका माथिल्लो तहका कर्मचारी वाग्लेको काठमाण्डौ बालाजुमा ठूलो हाटलको छ, काठमाण्डौ र तनहूँमा गरी तीन वटा पेट्रोल पप्प रहेको छ । वाग्लेले सीप दक्षता जागाीर खाएको ठाउँमा होइन, व्यापारमा बढी लगाउँदै आएको सिटीइभीटीका उनलाई नजिकबाट चिन्ने कर्मचारीहरु वताउँछन् । त्यति मात्रै होइन लामो समयसम्म सेफ प्रोजक्टमा बसेका वाग्लेले प्रोजेक्टमा चरम व्यापारीकरण गरको र फिल्डमा नै नगइ नक्कली प्रतिवेदन बनाएर बजेटको चरम दुरुप्रयोग गरेको स्रोतले जानकारी गरायो । प्रोजेक्टमा उनले खरिद गरेको एउटा पनि सामानको कुनै पनि रेर्कड भेटिदैन ।

त्यस्तो व्यापारी मानसिकता भएको कर्मचारी सदस्यसचिव भयो भने सिटीइभीटीलाई धरासायी हुनबाट कसैले पनि जोगाउन नसक्ने वाग्लेलाइ नजिकबाट चिन्ने कर्मचारीहरु वताउँछन् । सीटीइभीटीमा सदस्यसचिव रिक्त भएको छ महिनापछि सदस्यसचिव नियुक्तिको प्रक्रिया अघि बढाइएको छ । सदस्यसचिवका लागि सात जनाको आवेदन परेको छ । त्यसरी आवेदन दिनेहरुमा महेश भट्टराई, अकिम श्रेष्ठ, पुष्परमण वाग्ले,विनयकुमार मिश्र,ईश्वरीदत्त भट्ट,जीवन नारायण काफ्ले लगायत रहेका छन् ।

वाग्लेले जसरी पनि सदस्यसचिव हुने डिजाइन अनरुप विभागीय मन्त्रीलाई समेत प्रभावित पार्ने खेल अनरुपनै माओवादीका नेता नारायणकाजी श्रेष्ठसंग भेगीयसाइनो जोड्दै भेटघाट बढाएको सुन्नमा आएको छ ।

सदस्यसचिव नियुक्तिका लागि राष्ट्रिय योजना आयोगको शिक्षा हेर्नै गिताभक्त जोशीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनाइएको छ । अहिले सो कार्यदलले सदस्यसचिवका लागि आवेदन दिएका सातै जना उम्मेदवारहरुबाट प्रोपोजल माग गरेको छ । आवेदन दिनेमा अकिम श्रेष्ठ टीटीआईका कर्मचारी हुन,ईश्वरीदत्त भट्ट परीक्षा नियन्त्रण कार्यालयका हुन भने वाग्ले, मिश्र,भट्टराई काफ्ले सिटीइभीटीकै कर्मचारी हुन् ।