समाचार

कारले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु



काठमाडौँ, ५ जेठ । जनकपुरमा कारले मोटरसाइकलमा ठक्कर दिंदा एक जना जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राजधानी जनकपुर अनलाइनमा कार्यरत ३२ वर्षीय शिवेन्द्र रोहिता छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आज बिहान ३ बजेतिर जनकपुरधामको थापाचोकमा बा२१च ३३४३ नम्बरको कारले रोहिता सवार प्रदेश२ज ५६९४ नम्बरको मोटरसाइकलमा ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाइकलमा पछाडि बस्ने मृतक रोहिताका साथी २५ वर्षीय जयनाथ यादव घाइते भएका छन् । उनको जनकपुरको सीता अस्पतालमा उपचार भइरहेको छ । मृतक पत्रकार रोहिता धनुषाको शहीदनगर नगरपालिका ८ का बासिन्दा हुन् ।