Banner News

निर्वाचन गर्न आनाकानी गरेपछि सरकार भित्रैबाट प्रचण्डको विकल्प खोजी



काठमाडौ २७ माघ । नेपालमा कसैगरी पनि संविधान कार्यान्वयन हुन नदिने विदेशी शक्तिको डिजाइनमा दाहालले पाइला अघि बढाएपछि सत्तासाझेदार कांग्रेस मात्रै होइन,दाहालकै पार्टी माओवादी केन्द्रबाट पनि उनको विकल्पको खोजी हुन थालेको छ ।
निर्वाचन विथोलेर देशलाई संवैधानिक संकटतर्फ धकेल्ने योजना अनरुप उनका हरेक गतिविधि अघि बढेपछि कांग्रेसभित्रबाट उनलाई सत्ताबाट धकेल्ने खेल शूरु गरिएको हो ।

ठूलो पार्टी भएको नाताले देशलाई संवैधानिक संकटमा धकेलेको जिम्मेवारी कांग्रेसको टाउँकोमा थोपारिने भएकाले सभापति शेरवहादुर देउवाले नै प्रचण्ड हटाउने खेललाई तीव पारेका हुन् । यसबीच देउवाले एमालेका पार्टी अध्यक्ष के पी ओलीसंग कुरा अगाडि बढाइसकेको स्रोतले जानकारी गरायो ।
स्रोतका अनुसार ओलीले निर्वाचन गरेर संविधान कार्यान्वयन गर्दै अघि बढे कांग्रेसलाई आफ्नो पार्टी सघाउन तयार रहेको बचन दिएपछि देउवाले प्रचण्ड हटाउने खेललाई अघि बढाएका हुन् ।
त्यसोत कांग्रेससंग स्थानीय निकायको निर्वाचन गरेर नौ महिनामा सत्ताको चावी देउवालाई बुझाउने प्रतिवद्धतासाथ म्यादी प्रधानमन्त्री भएका प्रचण्डल,े सत्ताको चावी बुझाउने त परको कुरा निर्वाचनसम्म नगर्ने खेललाई जारी राखेपछि देउवाले उनको बिकल्पको खोजीलाई तीव्र पारेका हुन् ।

मोर्चाको ढुगामा खुट्टा हालेर अनन्तसम्म सत्ताको यात्रालाई जारी राख्ने सपना देख्दै हिडेका प्रचण्डले केही दिन अघि चितवनमा मोर्चासंगको सहमति पछिमात्रै निर्वाचन भन्नुले उनी निर्वाचन जसरी भए पनि टार्ने पक्षमा रहेको देखिन्छ । प्रचण्डले निर्वाचन टार्ने खेललाई अघि सारेपछि देउवाले पनि प्रचण्डलाई तर्साउन एमालेका नेताहरुसंगको उठवसलाई तीव पारेका छन ।

यसबीच एमालेका दोस्रो तहका नेताहरु सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल र कांग्रेसका महामन्त्री शंसाक कोइराला,कृष्णप्रसाद सिटौला लगायतका नेताहरुबीच सरकार र निर्वाचनको विषयलाई लिएर एक दुई चरणको कुराकानी अघि बढिसकेको स्रोतले जानकारी गरायो ।