समाचार

मन्त्रिापरिषदको आकस्मिक बैठकबाट सत्य र वेपत्ता आयोगको म्याद थप



काठमाण्डौ२७ माघ। आकस्मिक रुपमा बसेको मन्त्रीपरिषदको बैठक सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगको म्याद एक वर्ष थप गर्ने निर्णय गर्दै सम्पन्न भएको छ । बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आयोगले सिफारिस गरेबमोजिम दुवै आयोगको कार्यकाल म्याद समाप्त भएको मितिले एक वर्ष थप गर्ने निर्णय गरेको हो ।