हेटौंडा, २९ माघ । नेपाली चलचित्रका नायक बिरेन डिसीसहित मकवानपुरमा ४ सय ३५ जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।
शनिबार हेटौंडामा आयोजित कार्यक्रममा नायक डिसीसहित शुभराज बमजन,अनिल काफ्ले, शान्त लामा, सन्जय महर्जन लगायत ४ सय ३५ जना ब्यक्तिहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरु अधिकांश कांग्रेस, राप्रपा, माओबादी र संघिय समाजबादीका जिल्लास्तरका नेताहरु रहेका छन् ।
युवा संघले हेटौंडामा गरेको विशेष कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष भीम रावल र पूर्वमन्त्री एवं युवा नेता महेश बस्नेतले उनीहरुलाई पार्टीमा प्रवेश गराए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले वर्तमान सरकारले असफल भएकाले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता छाड्नुपर्ने बताए । नेपाली कांग्रेसले पटकपटक सत्ता प्राप्त गरेपनि जनतामा आशा जगाउन नसकेको बताउँदै उनले कांग्रेसको पछिल्लो गतिबिधि राष्ट्रिय हितबिरोधी, भारत पक्षधर, दिशाहीन र गतिहीन रहेको बताए।
युवा संघका पूर्वअध्यक्ष एवं पूर्वमन्त्री महेश बस्नेतले नेपालको युवा आन्दोलन शुख, शान्ति र समृद्धि प्राप्तिको आन्दोलनको रुपमा अगाडि बढेकोले अबको संगठनको चरित्र रहरलाग्दो, भरलाग्दो र डरलाग्दो बनाउनुपर्ने अनि नेता, कार्यकर्ता बौद्धिक, जुझारु र उत्पादनमा लाग्ने खालको बनाउनुपर्ने बताए ।
‘अब नेपाल बन्द, चक्काजाम नगर्ने, ढुंगामुढा नगर्ने, टायर नबाल्ने संकल्प गरेर अगाडि बढेको युवा आन्दोलनलाई बर्तमान सरकारले जिस्काई रहेको छ। राष्ट्रियतालाई दाउमा राखेर, संबिधान संशोधनमार्फत राष्ट्रिय अखण्डतालाई समाप्त गर्ने मुलुक बिभाजन गर्ने र बिदेशीलाई सत्तामा पुराउने योजनाको साथ लागेको छ। निर्वाचन नगरी जनप्रतिनिधिबिहीन अबस्था सिर्जना गर्ने र नयाँ अधिनायक जन्माउने डिजाइनमा लागेको छ।
प्रतिक्रिया दिनुहोस्