शैक्षिक

देउजाको संयोजकत्वमा १०१ निर्वाचन सहयोग परिचालन कमिटी



भक्तपुर ३ फागुन । फागुन १४ गते हुन लागेको स्ववियु निर्वाचनमा अनेरास्ववियूलाई भक्तपुरका दुई वटा कजेल भक्तपुर बहुमुखी कलेज र सानो ठिमी कलेजमा अनेरास्ववियूका उम्मेदवारलाई जिताउन एमाले भक्तपुर पार्टी जिल्ला कमिटीले पार्टीका उपाध्यक्ष बचन देउजाको संयोजकत्वमा १०१ जना रहेको निर्वाचन परिचालन सहयोग समिति गठन गरेको छ ।

देउजाको संयोजकत्वमा गठित समितिमा विद्यार्थी इन्चार्ज रजन केसी, जिल्ला पार्टीका पदाधिकारीहरु,पार्टी क्षेत्रीय कमिटीका पदाधिकारीहरु, जिल्लाका ६ वटै नगर कमिटीका पदाधिकारीहरु,पार्टीका अन्य जनवर्गीय संगठनका प्रमुखहरु,अनेरास्ववियूका पूर्वजिल्ला कमिटीका अध्यक्षहरु,अनेरास्ववियूका पूर्वजिल्लामा रहेका केन्द्रीय सदस्यहरु रहेका छन् ।