ललितपुर,४ फागुन । नेकपा एमालेका सचिव एंव प्रचार विभाग प्रमुख योगेशभट्टराईले नेपाली कांग्रेसको अतिवादी सोचका कारण नै सहमति र सहकार्यको राजनीति अघि बढ्न नसकेको वताए । उक्त भनाई नेता भट्टराईले पार्टी प्रचार विभाग र प्रेस चौतारी नेपाल द्धारा संयुक्तरुपमा ललितपुरमा आयोजित कार्यक्रममा वताएका हुन् ।
दोस्रो संविधानसभाको निर्वाचनपछि एमालेले नै कांग्रेसलाई सरकारको नेतृत्व लिनका लागि प्रस्ताव गरेको बताउँदै उनले भने– जब एमालेलाई सरकारको नेतृत्व दिने बेला आयो, तब कांग्रेसले बखेडा झिक्यो । कांग्रेसको यही कार्यशैली र अतिवादी सोचका कारण नै मुलुकमा अस्थिरताको राजनीति लम्बिएको हो ।
अहिले मात्रै होइन, नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा कांग्रेसले वामपन्थीहरुलाई नजर अन्दाज गरेकै कारण जनताले क्रान्तिबाट प्राप्त गरेको उपलब्धिहहर संकटमा पर्दै आएको छ । अहिले पनि कांग्रेसको कार्यशैलीमा परिवर्तन नआएको वताउँदै नेता भट्टराईले भने¥ कांग्रेसलाई कान निमोठेर चाबुक नलागाए सम्म परिवर्तन हुनेवाला छैन् ।
कांग्रेसको गलत नेतृत्वकै कारण हरेक पटकको परिवर्तन दुर्घटनामा पर्दै आएको छ । त्यति मात्रै होइन,प्रहरी संगठनमाथि खुल्ला राजनीतिक हस्तक्षेप भएको छ भन्दै नेता भट्टराईले भने– यस्तो हस्तक्षेपले मुलुकको सुरक्षामाथि जोखिम मोल्ने काम भएको छ ।
कांग्रेसमा चेन अफ कमाण्ड छैन यो पार्टी होकि पिपल पाटी । उनले– सुरक्षा निकायमा गरिएको राजनीतिक हस्तक्षेपले सुरक्षाकर्मीको मनोवल कमजोर बनाएको छ भन्दै नेता भट्टराईले थपे–आफु अनकुल फैसला नआएकोमा अदालतमाथि नै प्रश्न उठाउने,निर्वाचन आयोगलाई काम नदिएर सुताएर राख्ने काम भएको छ ।
कार्यक्रमा एमाले उपाध्यक्ष अक्ष्टलक्ष्मी शाक्य,नेता काशिनाथ अधिकारी,प्रचार विभागका उपप्रमुख सुर्य थापा, चौतारीका अध्यक्ष गणेस बस्नेत, प्रचार विभागका सदस्य प्रमोद दाहाल लगायतले वोलेका थिए भने कार्यक्रमको प्रचार सचिव विष्णु रिजालको सभापतित्वमा भएको थियो ।
प्रतिक्रिया दिनुहोस्