अर्थ

श्री एसटिसीका २५ जना डिलर फ्याक्ट्री भिजिटमा



काठमाडौं ४ फागुन । भेरोकको नेपालकालागि आधिकारिक बिक्रेता श्री एसटिसी प्रालिले २५ जना डिलर फ्याक्ट्री भिजिटका लागि मुम्बइ पठाएको छ ।

प्रडक्ट तथा टेक्निकल ज्ञान लिने मुख्य उद्देश्यका साथ पुने, अरंगाबाद र मुम्बइमा रहेको भेरोकको फ्याक्ट्री भ्रमण गर्ने ८ दिने कार्यक्रम रहेको प्रबन्ध निर्देशक शुरेश उप्रेतीले जानकारी दिए ।

कम्पनीले वार्षिक एक अर्ब ५० करोडको कारोबार गरिरहेको जनाएको छ । एसटिसीले नेपालमा भेरोक ब्राण्डमात्र वार्षिक १४ करोडको कारोबार गरिरहेको छ । इटाली लगायत २३ वटा देशमा आफ्नो उत्पादन प्लान्ट रहेको भेरोकले पहिलो पटक नेपालबाट २५ जना डिलरलाई फ्याक्ट्री भ्रमणका लागि आमन्त्रण गरेको हो ।

दुइपाङ्ग्रे तथा चार पांग्रे सवारी साधनका लागि भेरोकले जेन्युन पार्टस उत्पादन गरिरहेको छ । एसटिसीले नेपालमा इएनआइ लुब्रिकेन्टस, सिएट टायर, भेरोक लगायत अन्य सवारी साधनमा प्रयोगमा आउने पार्टसको कारोबार गरिरहेको छ ।

यस अघि एसटिसीले आफ्ना डिलरलाई युरोप लगायत एसियाका विभिन्न देशको भ्रमण गराइसकेको प्रबन्ध निर्देशक उप्रेतीले जानकारी दिए ।