काठमाडौं,४ फागुन । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले फागुन १४ गतेका लागि निर्धारण गरिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिए ।
आयोजित निर्वाचनसँग सम्बन्धित निकायसँगको छलफलका क्रममा उपप्रधानमन्त्री निधिले (स्ववियु) निर्वाचनमा अख्तियार गर्नुपर्ने सुरक्षाका विषयबारे तीनवटै सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए ।
उपप्रधानमन्त्री निधिले समयमै स्ववियु निर्वाचन गर्ने विषयमा विभिन्न राजनीतिक दलका सबै नेतासँग छलफल भइरहेको जानकारी दिए । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थ खनियाले तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
स्ववियु निर्वाचन निर्धारित समयमै गराउनेबारे आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस्