Banner News

मधेशमा १५ लाख जनता परिचालन गर्न धुम्वाराहीमा तयारी



काठमाण्डौ,५ फागुन । नेकपा एमालेको फागुन २१ गतेबाट शूरु हुने तराईकेन्द्रित मेची–महाकाली अभियानको तयारीलाई तीव्र पारेको छ । हिजोबाट एमालेको केन्द्रिय कार्यालय धुम्वाराहीम शूरु भएको पार्टीको पोलिटव्यूरो बैठकमा सचिव प्रदीप ज्ञवालीले मेची–महाकाली राष्ट्रिय अभियानसम्बन्धि कार्ययोजना बैठकमा प्रस्तुत गर्नु भएको थियो ।

तराईका सबै जिल्लाहरुलाई केन्द्रित गरेर यो अभियानको थालनी गर्न लागेको एमालेले वताइको छ । सो अभियानलाई केन्द्रित गरेर एमालेले पोलिटब्यूरोको बैठक बोलाएको हो । जारी पोलिटव्यूरो बैठकमा यो अभियानका विषयमा व्यापकरुपमा छलफल हुनेभएको छ । मधेसवादी दलहरुले एमालेलाई मधेसविरोधी दलका रुपमा आरोप लगाईरहेको बेला एमालेले मधेसलाई नै केन्द्रविन्दु बनाएर यो अभियानको थालनी गरेकाले पनि यो अभियानलाई एमाले वृत्तभित्र मात्रै होइन, वाहिर पनि निकै उत्साहका साथ हेरिने भएको छ ।

तराईका ६ वटा मातृभाषामा अपिल लगायत प्रचार सामाग्री लिएर एमाले तराई ओलिर्ने तर्खरमा रहेको छ । २१ गतेदेखि ५ चैत्रसम्म चल्ने सो अभियानमा झापा देखि कञ्चनपुर हुँदै सूर्खेत सम्मका २० जिल्लामा ३३ वटा ठूला आमसभा हुनेछन् । अभियानमा पार्टी अध्यक्षसहित सबै शीर्ष नेताहरुको सहभागिता हुनेछ ।

त्यसरी नै सो अभियानमा तराई–मधेस समूदायमा नेता तथा सांसद र एमाले सम्बद्ध भातृसंगठनहरु प्रिचालित हुनेछन् । सो अभियानमा १५ लाख जनताले प्रत्यक्ष सहभागिता जनाउने नेता प्रदीप ज्ञवालीले जानकारी गराए । २१ गते अध्यक्ष ओलीले झापाको काकंटभिट्टामा उद्घाटन गनुहुनेछ ।

दमकमा जनसभा हुनेछ ।त्यसपछि क्रमशः विराटनगरचोक,इटहरी,इनरुवा,राजविराज,कञ्चनपुर,गोलबजार,जनकपुर र बर्दिवासमा आमसभा जनसभाको कार्यक्रम हुनेभएको छ ।त्यसरी नै हरिपुर गरुडा, चन्द्रनिगाहपुर,जितपुर, हेटौडा, भण्डारा, भरतपुर, कावासोती,भूमही, भैरहवा र बुटवलमा आमसभा हुनेछ ।

त्यसरी नै चनौटा, लमही,घोराही ,नेपालगञ्ज, गुलरिया, राजापुर,टीकापुर, लम्की, धनगढी, महेन्द्रनगरपछि क्षेत्रीय स्तरको ठूलो जनसभा सूर्खेतमा हुने कार्यक्रम रहेको छ । यो अभियानमा एमालेले जेष्ठ नागरिक,सामाजिक रुपमा योगदान पु¥याएका समाजसेवी,तराइृ र पहाडबीचको एकता र सामाजिक सद्भावका पक्षमा योगदान गर्नेअभियान्ताहरुलाई सम्मान गर्ने छ । अभयानमा तयाइृमा बोलिने भाषा र भेशभूषा झल्काउने सास्कुतिक कार्यक्रम पनि राखिएको छ । त्यसरी नै अभियानका दौरानमा पर्ने राष्ट्रिय पर्व होली नारी दिवस लगायतका सबै कार्यक्रम अभियानमा नै मनाइने एमालेले जनाएको छ ।