Banner News

मोर्चाले आन्दोलन गर्ने चेतावनी दिएपछि चुनावको मिति घोषणा आज हट्यो ?



काठमाण्डौ,८ फागुन । निर्वाचनको मिति तोक्नका प्रधानमन्त्री पुष्पकमल दाहालमाथि चौतर्फिरुपमा दबाब पर्दै आएको छ । प्रधानमन्त्रीले पनि आफ्ना हरेक भाषणमा सरकारले जेठ महिनाभित्रै निर्वाचन गर्न कुरा वताउँदै आएका थिए । प्रधानमन्त्रीले भने झै जेठ महिनामा निर्वाचन हुने सम्भाभना भने टर्ने संकेत देखिन थालेको छ ।

आज सरकारले निर्वाचनको मिति घोषणा गर्छ भन्ने आमअनुमान थियो । तर, आज सरकारले निर्वाचनको मिति घोषणा नगर्न सम्भावना बढेर गएको छ । आज सरकारले निर्वाचनको मिति घोषणा गरेन भने जेठ महिनाभित्र निर्वाचन गर्न नसकिने कुरा निर्वाचन आयोगले यस अघि नै जानकारी गराई सकेको छ ।
हिजो मधेशी मोर्चाका नेताहरुसंगको भेटघाट पछिनिर्वाचनको मिति घोषणाबाट प्रधानमन्त्री पछि हटेका हुन् । प्रधानमन्त्री र मोर्चाका नेताहरुबीच हिजो भएको वालुवाटारको बैठकमा मोर्चाका नेताहरुले निर्वाचनको मिति घोषणा गरे आन्दोलन थाल्ने चेतावानी दिएका थिए । मोर्चाका नेताहरुले निर्वाचनको मिति घोषणा नगर्न दिएको चेतावनीलाई आधार बनाएर प्रधानमन्त्री मिति घोषणा गर्ने कार्यक्रमबाट पछि हटेका हुन् । त्यसो त प्रधानमन्त्री निकट स्रोतका अनुसार

भने कांग्रेस,एमाले र माओवादीबीच थप छलफल गर्नका लागि भन्दै मन्त्रिपरिषद्को बैठक स्थगित गरिएको बताइएको छ ।
निर्वाचनको मिति घोषणाका बिषयमा साझा धारणा बनाएर सत्तारुढ दुई दलले प्रमुख प्रतिपक्ष एमालेसँग छलफल गर्ने तयारी गरेका छन्। सत्ता साझेदार दुई दलले प्रमुख प्रतिपक्षी र मधेसवादी दलसँग आज दिनभरी छलफल गरेर भोलि निर्वाचन मिति घोषणा गर्ने तयारीस्वरूप बैठक स्थगित गरेको जानकारी गराएका छन ।