काठमाण्डौ,९ फागुन । अन्तत पुष्पकमल दाहालको नेतृत्वमा रहेको सरकारले आज चुनावको मिति घोषणा गर्ने छ । सरकारमाथि निर्वाचन अविलम्ब गर्न चौतर्फिरुपमा दबाब पर्दै आएको थियो । दाहालले दबाब थेग्न नसकेपछि चुनावको घोषणा आज गर्न लागेका हुन् । मधेसी मोर्चाका नेताहरुको विरोध र असहमतिकाबीच सरकारले आज घोषणा गर्न लागेको मितिमा पनि सत्तासाझेदार दल माओवादी र कांग्रेसका बीचमा विवाद देखापरेको छ ।
कांग्रेसका सभापति शेरवहादुर देउवाले वैशाख महिनामा नै गर्नगरी मिति घोषणा गर्न प्रधानमन्त्री दाहाललाई प्रेसर गरेका छन । तर, प्रधानमन्त्री दाहाल भने वैशाखमा होइन, जेठको अन्तिमतिर गर्न योजनामा छन् । देउवाले वैशाखमा निर्वाचनको मिति तोक्न जिद्धी गर्नुमा सरकारको नेतृत्व चाँडो आफ्नो हातमा लिने स्वार्थ छ भने, दाहालले जेठमा निर्वाचनको मिति तोक्छु भन्नुमा पनि सरकारको आयु लम्ब्याउने योजना रहेको छ । हेरौ, आज दुई नेताको मतमा कसले मार्छ वाजी ।
पछिल्लो समय काँग्रेसको तीव्र दबाब झेल्नु परेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सम्भवतः सोमबार स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने छ । मधेसी मोर्चालाई सहमतिमा ल्याउन अन्तिम समयसम्मै प्रयत्न गरे पनि सार्थक नभएपछि संवैधानिक संकटबाट देशलाई जोगाउन स्थानीय तहको निर्वाचनको घोषणा गर्ने तयारी थालेको छ ।
स्थानीय तहको निर्वाचनको घोषणा भएसँगै संविधान संशोधन विधेयक अलपत्र पर्ने देखिएको छ । सत्तारुढ दलहरुले निर्वाचन र संशोधन विधेयक सँगसँगै अगाडि बढाउने भने पनि निर्वाचनमा सबै राजनीतिक शक्ति केन्द्रित रहने भएको हुँदा संशोधन विधेयक त्यत्तिकै थाती रहने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्