रोचक

गर्भावस्थामा विरालोसँग बस्दा यस्तो फाइदा



काठमाण्डौ । गर्भावस्थाका क्रममा या बचपनमा बिरालो पाल्नाले कुनै प्रकारका मानसिक विरामीको प्रत्यक्ष खतरा नहुने एक अध्ययनमा देखिएको छ । यो नयाँ अध्ययनमा पूर्वका अनुसन्धानमा प्रकट गरिएका आशंकालाई केन्द्रमा राखिएको थियो । जसमा बिरालोसँग बस्नाले मानसिक विरामीको खतरा बढी हुन्छ भनिएको थियो । पछिल्लो अनुसन्धानका भनिएको थियो कि विरालो राख्नाले कुनै प्रकारका मानसिक विकार उत्पन्न हुनसक्छ ।

विरालोका कारण सिजोफ्रेनिया जस्तो मानसिक समस्या उत्पन्न हुने अनुमान थियो । बेलायतको युनिभरसिटी अफ लण्डनका अनुसन्धानकर्ताको नयाँ अध्ययनमा गर्भावस्था या बच्चावस्थामा विरालोसँग बस्नाले किशोरावस्थामा मानसिक विकार उत्पन्न नहुने पत्ता लागेको हो । यो अध्ययनको निश्कर्ष साइकोलोजिकल मेडिसिन जर्नलमा प्रकाशित गरिएको छ ।