Banner News

कांग्रेस –माओवादी सत्तामाः एमाले प्रवेशको गर्नेहरुको लहर चल्यो जनतामा



काठमाण्डौ १३ फागुन । विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेप्रवेश गर्नेको लहर चलेको छ । सरकार माओवादी–कांग्रेसको छ, तर जनताको आकर्षणको पार्टी एमाले बन्दै गएको छ । पहिले–पहिले जुन पार्टीको सरकार भयो, त्यही पार्टीमा , अरु पार्टी छोड्दै प्रवेश गरेको समाचार सुन्ने गरिएको थियो । तर, अहिले सरकारको नेतृत्व गरेको पार्टी परित्याग गर्दै प्रतिपक्ष पार्टी प्रवेश गर्नेहरुको संख्या दिनहुँ जसो बढिरहको छ । यसको अर्थ एमालेमा जनताको आकर्षण बढेको देखिन्छ ।

हिजो नेपाली कांङग्रेस रसुवा जिल्ला कार्य समितीकी पूर्व सदस्य सीता अधिकारी एमाले प्रवेश गरेकी छिन् । महिला संघ रसुवाकी सचिवसमेत रहेकी अधिकारी एमाले मुख्यालयमा आयोजित कार्यक्रममा एमालेमा प्रवेश गरेकी हुन्।

अधिकारीलाई महासचिव ईश्वर पोख्रेलले टिका लगाएर पार्टी प्रवेश गाराए । नव प्रवेशी अधिकारीले पार्टी प्रवेश गर्दै एमाले राष्ट्रियताको पक्षमा उँभिएको र एमालेले लिएका अडान राष्ट्रहितमा भएकाले प्रवेश गरेको बताइन् ।

अधिकारीलाई पार्टी प्रवेश गराउदै महासचिव पोख्रेलले देशैभरी एमालेमा प्रवेशको लहर चलेको र यो प्रकृया पार्टीले सञ्चालन गर्न लागेको मेची–महाकाली अभियानसम्म जारी रहने बताए । ‘त्यतिबेलासम्म विभिन्न पार्टीका हजारौँ कार्यकर्ता एमाले प्रवेश गर्ने छन्,’ उनले भने, ‘मुलुक अब एमालेमय हुनेछ ।’त्यसरी नै करिब एक साता अघि

सङ्घीय समाजवादी फोरमका नेता गुलाव सरोवर शेख, सोही पार्टीका केन्द्रीय सदस्य दिलीपकुमार झा र जोगेन्द्रप्रसाद यादव तथा साहित्यकार शान्ति चौधरीलगायतले एमाले पार्टीमा प्रवेश गरेका थिए । यस भन्दा अघि पनि अखण्ड पार्टीकी उपाध्यक्ष, र माओवादी, का्रग्रेसका नेता –कार्यकताहरु एमालेमा प्रवेश गर्दै आएका छन् ।