काभ्रे, १५ फागुन । उग्रचण्डी नाला गाविस– २ कोइपाटोलका महेश श्रेष्ठले मोबाइल, टेलिभिजन, रेडियो, घडीलगायत सामग्री मर्मत गरेर मासिक रु ५० हजार आम्दानी गर्दै आएका छन ।
इलेक्ट्रोनिक्स इन्जिनियरिङ विषय पढेका श्रेष्ठले आफूले पढेको विषयलाई व्यवहारमा उतार्न वताए । उनले आफ्नो घरमै इलेक्ट्रोनिक पसल सञ्चालन गर्नुभएको छ । पढेको कुरालाई व्यवहारमा उतार्न सके स्वदेशमै मनग्य आम्दानी गर्न सकिने २४ वर्षीय श्रेष्ठ बताए । “नेपालमै मनग्य आम्दानी गर्न सकिने सम्भावना छ, आफ्नो पढाइप्रतिको असन्तुष्टिका कारण दिनहुँ युवा विदेशीने गरेका छन् । उनले भने पाँच वर्षअघि मैले रु आठ हजार लगानी गरी यो पसल सञ्चालन गरेको हूँ ।
आठ हजारमा पसल सञ्चालन गर्नुभएका श्रेष्टको अहिले पाँच रु लाख बराबरको सम्पति छ सुरुमा उहाँको पसलमा थोरै ग्राहक आउने गरे पनि चित्त बुझ्दो काम गरेपछि अहिले श्रेष्ठलाई काममा भ्याइनभ्याइ छ । ‘काम गरे पुँजी सङ्कलन हुँदैजान्छ, लगानीको खासै समस्या हुन्न ।’ उनले वताए ।
“पहिला सामान्य खर्चका लागि समेत घरपरिवारमाथी निर्भर हुनुपथ्र्यो, अहिले परिवारको पूरै खर्च मैलै नै धान्दै आएको छु । पसलमा आउने ग्राहकलाई उहाँ प्राविधिक पढ्न सल्लाह दिने गरेको छु। आफ्नो बहिनीलाई समेत ब्यूटिपार्लर सम्बन्धी अध्ययन गराएको छु । इलेक्ट्रोनिक पसललाई नै विस्तृत रूपमा अगाडि बढाउने श्रेष्ठको योजना छ । गाउँका अन्यलाई समेत सो सम्बन्धी तालिम दिएर स्वरोजगार बनाउने योजना छ ।
हाल श्रेष्ठले मोबाइलको चार्जर, सोलार चार्जर र मोबाइलमा राख्ने प्रोटेक्टेक्सन ग्लास समेत आफँैले बनाउन थालेका छन । । नेपालमा नै प्राविधिक विषय पढेर इलेक्ट्रोनिक्स पसल सञ्चालन गरिरहनुभएका उनलेनेपालमा नै आफूले अवसर खोज्न सके प्रशस्तै सम्भावना रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्