काठमाडौं, १७ फागुन । राजधानीमा तरकारीको भाउ पाँच बर्ष यताकै सस्तो भएको छ । भारतमा तरकारी उत्पादन बढेर धेरै आयात हुँदा भाउ स्वात्तै घटेको छ ।
गोलभेंडा, काउली, आलु, बन्दा, प्याज लगायतको मूल्य निकै तल झरेको छ । महँगीको चपेटामा परेका उपत्यकाका उपभोक्तालाई तरकारीको मूल्यले राहत मिलेको छ ।
नेपाली किसान भने तरकारी सस्तिएपछि लागत उठाउनै मुस्किल परेको बताउँछन् । तरकारीको भाउ पाँच बर्षयताकै सस्तो भएको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले जनाएको नागरिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्