काठमाण्डौ,१७ फागुण । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले उपेन्द्र यादबको पार्टी संघीय समाजवादी फोरम संग पार्टी एकताको प्रयास गरिरहँदा उता सोलुखुम्बका नयाँ शक्तिको सिगो जिल्ला कमिटी नै भंग भएको छ ।
नयाँ शक्ति नेपाल सोलुखुम्बुका जिल्ला उत्प्रेरक एवं संयोजक उत्तम बस्नेतले नयाँ शक्ति नेपालको स्थानीयदेखि राष्ट्रिय औचित्य समाप्त भएको बताएका छन् । हिजोसोमबार विज्ञप्ती जारी गर्दै लामो समयदेखि बाबुराम भट्टराई निकट रहनु भएका बस्नेतले आफूले संयोजकको हैसियतमा गठन गरेको जिल्ला कार्य समिति र मातहतका स्थानीय गाउँ समितिहरु समेत भंग गरेको विज्ञप्ति मार्फत सार्वजनिक गरेका छन । ।
निकै ठूलो आशा र विश्वासका साथ नयाँ शक्तिमा लाग्नु भएका बस्नेतले नयाँ शक्ति नाममा मात्रै नयाँ शक्तिका रुपमा सिमित भएको भन्दै कठिन मोडमा रहेको मुलुकको समस्या समाधानका लागि राजनीतिक दलहरुले अपेक्षा अनुरुपको काम गर्न नसकेको र नयाँ शक्ति समेत असामान्य परिस्थिति र क्रियाकलापका कारण विचलनको संघारमा पुगेको जारी विज्ञप्तिमा उल्लेख गरेका छन ।विज्ञप्तिमा
विकास र समृद्धिलाई केन्द्रमा राखेर श्रमशक्ति नेपालकै विकास र समृद्धिमा लगाउने उद्देश्यका साथम स्थापना भएको नयाँ शक्ति नेपाल कागजी दस्ताबेजमा मात्रै सिमिति भएको बस्नेतको आरोप छ ।
विज्ञप्तीमा बस्नेतले आन्तरिक राष्ट्रिय एकता र दीर्घकालीन शान्ति तथा स्थायित्व कायम गर्न लाग्नु पर्ने आम नेपालीको दायित्व रहँदारहँदै नयाँ शक्तिको गतिविधिले देशलाई नै कमजोर पार्ने काम गरेको उल्लेख गरेका छन ।
प्रतिक्रिया दिनुहोस्