शैक्षिक

सकेट बम निष्क्रिय



राजविराज, १७ फागुन । सप्तरीको राजविराज नगरपालिकास्थित राजदेवी टोलमा बिहान फेला परेको सकेट बम निष्क्रिय पारिएको छ ।

राजविराज नगरपालिका–९ स्थित पिस जोन बोर्डिङ स्कुलका छेउमा राखिएको फोहरमा प्लास्टिकले बेरिएको अवस्थामा बम फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

राजविराजस्थित कृष्ण गणबाट नेपाली सेना, जिल्ला प्रहरी कार्यालयबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले बम निष्क्रिय पारेको प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए ।

बम फेला परेका ठाउँमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीको पर्चासमेत फेला परेको बताइएको छ । रासस