Banner News

स्थगित भएका क्याम्पसमा अब दुई वर्षपछि मात्र निर्वाचनः त्रिवि निर्वाचन संयोजक त्रिपाठी



भक्तपुर, १८ फागुन । त्रिभुवन विश्वविद्यालय केन्द्रीय निर्वाचन समितिका संयोजक एवम् शिक्षााध्यक्ष डा सुधा त्रिपाठीले आज निर्वाचन हुन नसेकका क्याम्पसमा अबको दुई वर्षपछि मात्र निर्वाचन हुने बताइन ।

रफत सञ्चार क्लवमा भएको साक्षातकार कार्यक्रममा बोल्दै निर्वाचन समिति संयोजक डात्रिपाठीले आज देशभरी निर्वाचन भएको जानकारी गराउँदै स्थगित भएका क्याम्पसमा दुई वर्षपछि मात्र निर्वाचन हुने बताइन।
उनलेले उपत्यकाका ७ वटा र उपत्यकाबाहिरका १५ वटा क्याम्पसमा निर्वाचन भइरहेको बताउँदै त्रिवि निर्वाचन समितिले आज निर्वाचन नभएका क्याम्पसमा दुई वर्षपछि मात्र निर्वाचन गर्ने स्पष्ट पारिन । उनले क्याम्पसले विद्यार्थी संगठनसँग आन्तरिक सहमतिमा स्ववियू निर्वाचन गर्न सकिएतापनि त्रिवि निर्वाचन समितिले भने अब निर्वाचन नगर्ने बताइन।
उनलेले आजबाट निर्वाचन समितिको औचीत्य समाप्त हुने र दुई वर्षपछि मात्र निर्वाचन हुने उनको भनाइ छ । संयोजक डासुधा त्रिपाठीले आज १८ गतेपछि २०७५ फागुन १८ अगाडि कुनै पनि क्याम्पसमा स्ववियू निर्वाचन हुँदैन्, उनले भनिन–, स्ववियू निर्वाचन आचारसंहिता विद्यार्थी नेता र संगठनका कारण लागू गर्न नसकेपनि आजको निर्वाचन शान्तिपूर्ण भएको जानकारी दिइन ।