झापा,२१ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘मेची–महाकाली राष्ट्रिय अभियान’ उद्घाटन गर्दै एमालेले जनताले दिएको मात्र आदेश मान्छ,’ अरुले दिएको जे–पायो त्यही आदेश मान्दैनौँ भने ।
काकडभिट्टाबाट कार्यक्रममो शुभारम्भ गर्दैअध्यक्ष ओलीले भने, ‘हामी संविधानले दिएको आदेश वाहेक अरु मान्दौनौ ।
प्रदेश नम्बर १ का संयोजक भीम आचार्यलाई पार्टीको र राष्ट्रिय झण्डा हस्तान्तर गर्दै ओलीले भने– ‘हामी सबै नेपाली यो सबै नेपालीको अभियान हो । राष्ट्रियता , भौगोलिक अखण्डता रक्षाका लागि गरिएको यो अभियान कसैले विथोल्न खोज्छ भने एमालेलाई मात्र होइन नेपाली जनतालाई पनि स्वीकार्य हुँदैन ।’
महासचिव ईश्वर पोख्रेल अभियान विथोल्न खोजे एमाले चुप लागेर नबस्ने । आजै एमालेले आज झापा विर्तामोड र दमकमा कार्यक्रम गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्