दमक, २१ फागुन । मेचीकाली अभियान आज झापाको काकडभिट्टाबाट सुरु भएको अध्यक्ष केपी ओलीको गृहनगर दमक आइपुगेको छ ।
दुईवटा काकडभिट्टा विर्तामोडमा सभा सकेर अभियान दमक आइपुगेको हो । काकडभिट्टामा अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेलले सम्बोधन गरेका थिए भने विर्तामोडमा वरिष्ठ नेता झलनाथ खनालले सम्बोधन गरेका थिए । दमकको कार्यक्रममा स्थायी समिति सदस्य तथा पूर्व सभामुख सुवास नेम्वाङले सम्बोधन गरे ।
सभालाई सम्बोधन गर्दै नेम्वाङले नयाँ संविधान तराई पहाड र हिमालका जनताले मिलेर बनाएको वताउँदै जनताप्रति कृतज्ञता ज्ञापन गर्न पनि एमालेले मेचीकाली अभियान आयोजना गरेको वताए । ‘संविधान जारी भएपछि नेपाली जनताको चाहना पूरा भयो, मित्रहरुको चाहना पूरा भएन’ नेम्वाङले भने, ‘संविधान एमालेको पहलमा जारी भएको हो कसैको इसारामा संशोधन गरिए जनताले च्यातेर फाल्नेछन् ।’
यसअघि काकडभिट्टा देखि दमकसम्मै राजमार्गको दायाँबायाँ विशाल जनसमुदायले अभियानको स्वागत अभिनन्दन गरेको थियो । राजमार्गमै स्वतस्फूर्त पार्टी प्रवेश कार्यक्रमहरु समेत भएका थिए ।
प्रतिक्रिया दिनुहोस्