सम्पादकीय

कांग्रेसभित्रै जन्मियो राजावादी मोर्चा



काठमाडौं, २३ फागुन । संविधान कार्यान्वयनका निम्ति दलहरु निर्वाचनका तयारीमा जुटिरहेका बेला संविधानको खारेजी र २०४७ सालको संविधान पुनः स्थापनाको माग चर्कन सक्ने संकेत देखिन थालेको छ ।  कमल थापाको पार्टीले राजतन्त्र र हिन्दु राज्यको मागलाई उपयोग मात्रै गरेपछि यस्ता कमजोर हुने आंकलन गरिएको भए पनि विस्तारै राजतन्त्र र हिन्दुराष्ट्रको नारा बलशाली बन्दै गइरहेको छ ।

पछिल्लो समय गणतन्त्र मास्न सबै पार्टीमा रहेका राष्ट्रवादी राजावादीहरु अपत्यारिलो ढंगले गोलबद्ध भइरहेका छन् । भने कांग्रेसका केही पुराना नेता यसको नेतृत्व गर्न तम्सिरहेका छन् । विपी कोइरालालाई आदर्श मान्ने पुराना नेता तथा नयाँ कांग्रेसीहरु राजतन्त्र र हिन्दुराष्ट्र ब्युाताउन केही समयदेखि चर्को कसरतमा लागेकामा अहिले राजतन्त्रको पुनःस्थापना हुनै पर्ने अड्डी कस्न थालेका छन् ।

खुमबहादुर खड्का र लक्ष्मण घिमिरेहरु राजतन्त्रको विषयमा मौन देखिए पनि कांग्रेसका पुराना नेताहरु राजतन्त्र पुनःस्थापनाको विकल्प नभएको बताउन थालेका छन् । नयाँ सविधान असफल पारेर राजतन्त्र फर्काउन एउटा तप्का लागिरहेको चर्चा भइरहेका बेला कांग्रेसभित्रबाट राजतन्त्रको पुनःस्थापना एजेन्डा प्रवेश गर्न थालेपछि यसलाई अर्थ पूर्ण रुपमा हेर्न थालिएको छ । कतिपयले हिन्दु राष्ट्रको मन्द विष हालेर कांग्रेसलाई पुरानै अवस्थामा फर्काउने षड्यन्त्रका रुपमा यसलाई अथ्र्याउन थालेका छन् ।

अहिले कांग्रेसका केही पुराना अनुहारलाई अघि सारेर माहोल निर्माणमा गर्न र पछि पार्टीलाई नै गणतन्त्र मास्ने प्रयोजनमा उपयोग गर्ने तयारी भइरहेको छ,’ स्रोतले भन्यो, यसमा खुमबहादुरलगाएतका कांग्रेसीहरु एकमत हुन सक्छन् । साँघु साप्ताहिकमा समाचार छ ।