सम्पादकीय

एमाले देखेर अरू दल आत्तिएः ओली



इटहरी, २३ फागुन । नेकपा एमालेले शनिवारबाट सुरु गरेको मेची महाकाली राष्ट्रिय अभियानलाई मधेसी मोर्चाले असफल बनाउन आक्रमणको धम्की दिएको र सरकारले समेत अप्रत्यक्ष रुपमा विफल बनाउन खोजेको भन्दै एमालेले अभियानमा भरपर्दो शान्ति सुरक्षा प्रदान गर्न सरकारसंग माग गरेको छ ।

मोर्चाका कार्यकर्ताहरुले सप्तरी, सिराहा जिल्ला लगायतका स्थानमा पार्टीले गरेको राष्ट्रिय अभियानलाई आक्रमणको धम्की दिनु र गृहमन्त्री बिमलेन्द्र निधिबाट एमालेलाई मेधशबाट लखेट्ने धम्की आउनु एमाले अभियानलाई अफिल बनाउने षड्यन्त्र भएको भन्दै एमालेको इटहरीमा बसेको आपत्तकालीन बैठकले शान्ति सुरक्षा माग गरेको छ ।

एमालेको मेची९महाकाली अभियान असफल बनाउन सरकारकै तर्फबाट गृहमनत्रीबाट गै्रह जिम्मेवार अभिव्यक्ति दिनु र मधेसी मोर्चाले आक्रमणको धम्की दिनु दुबैको षड्यन्त्र भएको भन्दै अभियानलाई परापर्दो सुरक्षा प्रदान गर्न सरकारसंग माग गरिएको एमालेका बरिष्ठ नेता झलनाथ खनालले बताएका छन् ।

इटहरीको गोर्खा डिपार्टमेण्ट स्टोरमा बसेको स्थायी समितिको बेठक पश्चात अन्नपूर्ण समाचारदातासंग करा गर्दै नेता खनालले मेची महाकाली अभियानको जनलहर देखेर सरकार र मधेसवादीदलहरु अत्तालिएर एमालेको अभियान असफल बनाउन षड्यन्त्र गरिरहेको निचोड निकाल्दै एमालेले सरकारसंग भरपर्दो सुरक्षा व्यबस्था मिलाउन माग गरेको बताए । उनले पूर्व घोषित तालिका अनुसार अभियान सुचारु हुने पनि बताए ।

स्थायी समिति बैठकमा पार्टीले थालेको अभियानको समिक्षा र विभिन्न जिल्लामा एमाले विरुद्ध आक्रमण गर्ने धम्कीको विषयमा बैठक केन्द्रित रहेको पनि नेता खनालले बताए । बैठकमा अधिकांस नेताहरुले आफु संयमित भएर अभियानलाई सफल बनाउन सरकारसंग सुरक्षा व्यबस्था माग गर्ने निर्णय गरिएको पनि उनले जानकारी दिए ।

उनले एमाले अभियानलाई आक्रमण गर्ने धम्की आएको विषयमा सरकारलाई जानकारी गराईसकिएको बताउदै नेता खनालले सरकारले पार्टीको मेची९महाकाली अभियानलाई सुरक्षा दिन नसके एमालेले प्रतिबाद गर्ने समेत चेतावनी दिएका छन् ।

एमालेले सरकारसंग शान्ति सुरक्षा माग गरेपछी सरकारको दायीत्व शान्ति सुरक्षाको व्यबस्था मिलाउने भएकाले अभियाना अराजक तत्वहरुबाट अबरोध सिर्जना गरी कुनै अप्रिय घटना घटे त्यस्को सम्पूर्ण जिम्मेवार सरकारले लिनु पर्ने खनालले बताए ।

उनले एमालेको मेची९महाकाली अभियान कसैले धम्की दिदैमा नरोकिने भएकाले अभियानलाई अझ व्यवस्थित बनाउन स्थायी समितिको आपत्तकालीन बैठक बसिएको प्रष्ट पारेका छन् । एमाले सचिव तथा प्रदेश नम्बर १ का संयोजक भीम आचार्यले मधेसी मोर्चा लगायतका समुहबाट अभियानलाई विथोल्ने पैयास भएपछी सोमवार गर्ने भनिएको सुनसरीको लौकही बजारको आमसभालाई स्थगित गरिएको अन्नपूर्ण पोस्टमा समाचार छ ।