शैक्षिक

समतामूलक समाज निर्माणमा एमालेको जोड



अमिर रामदाम
भरतपुर, २३ फागुन । नेकपा एमाले पोलिटव्यूरो सदस्य काशिनाथ अधिकारीले चुनावमा एमाले पहिलो पार्टी हुने वताए । नेपाल उत्पीडित जातिय मुक्ति समाज चितवनद्धारा आयोजित स्वागत तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै पोलिटव्यूरो सदस्य अधिकारीले एमाले सबै समुदायको साझा फूलबारी रहेकोले अहिले देशभरमा एमाले प्रवेश गर्नेमा जन लहर आएको जानकारी गराए ।
कार्यक्रममा गत माघ २३ गते सुनचाँदीबाट एमाले प्रवेश गर्ने सबैलाई स्वागत गरिएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष अर्जुन रसाइलीले दलितको विल्ला लगाएको हामीलाई त्यो फाल्नको लागि अब व्यवसायी गरेर मात्र होइन, साँगितक क्षेत्रबाट मात्रै होइन, खेलकुदबाट मात्रै होइन, यो राजनीतिक क्षेत्रमा लागेरजातिय मूक्तिका लागि एमाले भन्दा यो देशमा र यो दलितको तक्मा फाल्नको लागि एमालेले मात्रै हामीलाई सक्षम बनाउन सक्छ भन्दै त्यही

उदेश्यले हाम्रो एउटा जातिय हिसाबले पनि अधिकाशं सुनचाँदी व्यवसायीहरु प्रवेश गरेका हौ भने

कार्यक्रममा नेपाल उत्पीडित जातिय मुक्ति समाजका केन्द्रीय महासचिव गणेश विश्वकर्माले प्रशिक्षण दिएका थिए । कार्यकम दलित अगुवाहरु चक्र रुचाल, राजेन्द्र हमाल, सहदेव लकान्द्री, भुवन प्यासी, तेजबहादुर रामदाम, शेरबहादुर विश्वकर्मालगायतको आतिथ्यता रहेको थियो । नेपाल उत्पीडित जातीय मुक्ति समाज चितवनका अध्यक्ष विजय विश्वकर्माको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।