राजनीति

मधेसमा भएको घटना दुःखदायीः प्रधानमन्त्री



चरिकोट, २४ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ सोमबार सप्तरी जिल्लालगायत मधेसका केही ठाउँमा भएका घटना अत्यन्तै दुःखदायी भएको बताए ।

दोलखाको घ्याङसुकाठोकर गाविस–५ मावनेमा नवनिर्मित काङलिङ गुम्बाको उद्घाटन गर्दै दाहालले हिजो मधेसमा भएको घटनामा परी मृत्यु भएकाको परिवारलाई सरकारको तर्फबाट उचित क्षतिपूर्ति दिने र घाइतेको निःशुल्क उपचार गरिदिने विश्वास दिलाए।

साथै, प्रधानमन्त्रीले मधेसको समस्या समाधानका लागि आजै मधेसी दलसँग छलफल गर्ने पनि जानकारी दिए । प्रधानमन्त्री दाहालले स्थानीय निर्वाचनमा जुट्नसमेत सबैसँग आग्रह गर्दै भने मन्त्रिपरिषद्को बैठक बोलाएर मधेसका समस्याको समाधान खोज्ने पहल गर्छु ।