समाचार

आज पनि काठमाडौँ विश्वकै सबैभन्दा प्रदूषित सहर



काठमाडौँ, १६ वैशाख । आज  बिहान १० बजे आईक्यू एयरको काठमाडौँको हावाको गुणस्तर १७४ देखाएको छ । प्रदूषणका हिसाबमा काठमाडौँ विश्वकै सबैभन्दा प्रदूषित सहरको रूपमा रहेको छ । 

देशभर डढेलोको प्रकोप फैलिँदा काठमाडौँ सहित देशभरिको वायुको गुणस्तर अस्वस्थकर रहेको छ । गर्मी सुरु भएसँगै डढेलोको प्रकोप बढिरहँदा कचौरा आकारको काठमाडौँ उपत्यकालाई तुवाँलोले ढाकेको छ । 

काठमाडौँको वायुको गुणस्तर अस्वस्थर रहेको आईक्यू एयरले देखाएको छ । देशका विभिन्न ठाउँमा डढेलो लागिरहेको भए पनि यसको नियन्त्रणका लागि सरकारको कुनै तयारी वा संयन्त्र परिचालन गरिएको छैन । तुवाँलोका कारण मानिसहरूमा आँखा पोल्ने, घाँटी खसखस बनाउने, नाक पोल्नेलगायतका समस्या देखापरेको छ ।