काठमाण्डौ,फागुन २५। सप्तरी घटनापछि देशमा उत्पन्न राजनीतिक परिस्थितिको समीक्षा लगायत समसामयिक विषयमा छलफल गर्न प्रमूख तीन दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ ।
सप्तरी घटना पछि उत्पन्न राजनीति अवस्था, निर्वाचन लगायतको विषयमा छलफल गर्न प्रमुख तीन दलको बैठक बसेको हो । प्रमुख तीन दलको बैठकका निर्णयल ेमुलुकको राजनीति अब कसरी अघि बढ्छ भन्ने कुराको समेत निक्यौल गर्ने भएकाले पनि आजको बैठक महत्वपूर्ण राजनीतिक विश्लेषकहरुको तर्क छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरु सहभागी हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्