काठमाडौं ,फागुन २५, । सप्तरी घटनापछि देशमा उत्पन्न राजनीतिक परिस्थितिको समीक्षालगायत समसामयिक विषयमा छलफल गर्न बसेको प्रमूख तीन दलका शीर्ष नेताहरुको बैठक सम्पन्न भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सप्तरी घटनापछि मधेशी मोर्चाको आन्दोलन र ज्ञापनपत्र एवम् विकसित परिस्थितिका बारेमा जानकारी गराउँदै प्रमुख दलबीच राष्ट्रिय मुद्धामा समान धारणा बनाएर जानुपर्ने आवश्यकतामा वारे कुरा खाखेका थिए ।।
प्रधानमन्त्रीले अहिले मधेशमा आन्दोलनका कारण केही असहज अवस्था सिर्जना भएको भन्दै एमालेलाई मेची महाकाली अभियान केही दिन स्थगित गरेर राष्ट्रिय समस्या समाधानका लागि छलफलमा सहभागी हुन आग्रह गरेको स्रोतले जानकारी गरायो । स्रोतका अनुसारबैठकमा मधेसी मोर्चाका नेताले अहिले पूरै एमाले मधेस विरोधी भएको हल्ला फैलाएर एमालेले गरेका कार्यक्रमहरु समेत बिथोल्नेसम्मको हर्कत भएको भन्दै त्यस्तो छुट मधेसी मोर्चालाई दिन नहुनेमा जोड दिएका थिए ।
बैठकमा एमालेका नेताहरुले आफ्नो पार्टीका कार्यक्रममा शान्ति सुरक्षाको सुनिश्चितता गर्न प्रधानमन्त्रीसँग आग्रह गरे ।
बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम,कुष्ष्णप्रसाद सिटौला ,उपप्रधानमन्त्री बिमलेन्द्र निधि, पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका शीर्ष नेताहरु सहभागीता रहेको थियो ।
बैठकमा मधेसी मोर्चाका नेताले अहिले पूरै एमाले मधेस विरोधी भएको हल्ला फैलाएर एमालेले गरेका कार्यक्रमहरु समेत बिथोल्नेसम्मको हर्कत भएको भन्दै त्यस्तो छुट मधेसी मोर्चालाई दिन नहुनेमा जोड दिएका थिए ।
एमालेको मागलाई गम्भीर ढंगले लिएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिएका थिए । ‘सप्तरी घटनाको सरकारले छानविन गर्नेछ,’ प्रधानमन्त्रीका भनाइ उद्धृत गर्दै श्रेष्ठले भने, ‘चुनाव मिति पनि यताउता हुँदैन, तपाईँहरु ढुक्क हुनुहोस् ।’
प्रतिक्रिया दिनुहोस्