राजनीति

गाई भैसी,वाख्रा न्याउरी मुसाले टोक्न थालेपछि लमजुङका किसान चिन्तित



लमजुङ, २७ फागुन । जिल्लाको विभिन्न गाउँमा न्याउरी मुसाले पशु चौपायलाई आक्रमण गर्न थालेपछि सर्वसाधरण त्रस्त बनेका छन् ।

लमजुङका विभिन्न गाउँमा रेबिज सङ्क्रमित न्याउरीमुसाले दर्जनौं पशु चौपायलाई टोकको र केही चौपाय मरेकाले सर्वसाधरण त्रस्त भएका जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख डा लक्ष्मणबहादुर ढकालका अनुसार तीन वर्षयता जिल्लामा रेबिज सङ्क्रमित न्याउरी मुसाको आतङ्क फैलिएको हालै सिम्पानी– ९ का नारयणदत्त कुइकेलको पाडो, हिलेक्सार टक्सार– – ९ चउरका बाबुराम मगर र दानबहादुर भण्डारीको बाख्रो, चितीका तीर्थराज पन्तको पाडो, रामबाबु पन्तको बाख्रो, बँसीसहर–१३ मकैडाँडाका अनिल रिमालको भैँसी, बेँसीसहर–१४ का उर्मिला सुयेलको पाडो, सिम्पानी–९ को पुनम भुजेलको पाडोलाई पनि न्याउरी मुसाले टोकेको हो ।

पशु चौपायलाई टोक्ने न्याउरीमुसा मारेर क्षेत्रीय पशुरोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा रेबिज पोजेटिभ भएको पाइएको कार्यालयले जनाएको छ । उक्त परीक्षणपछि न्याउरीले टोकेका जनावारमा पशुसेवा कार्यालयले निःशुल्क रुपमा एन्टी रेबिज भ्याक्सिन लगाउँदै आएको छ ।