Banner News

गजुरेलले भने– मोर्चाले समर्थन फिर्ता लिन एक साता पर्खनु भनेको दिल्लीको आदेश कुर्नु हो



भक्तपुर,२७ फागुन । भक्तपुर नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सिपी गजुरेलले प्रचण्ड नेतृत्वको सरकार भारतको कठपुतली भएको बताएका छन् ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै गजुरेलले प्रचण्ड नेतृत्वको सरकार मोदीको निर्देशनमा बनेको कन्चनपुर घटनामा मौन रहनुले स्पष्ट भएको भन्दै भारत भक्ति देखाउनैका लागि केही नबोल्नुले समेत कठपुतली भएको सबैका अघि प्रस्ट भएको बताए ।

भारतले जे भन्यो त्यही गर्दै गइरहेको प्रचण्ड नेतृत्वको सरकार जति लामो समयसम्म टिक्छ त्यति नै छिटो नेपाल सिकिमिकरण तर्फ जाने भन्दै उनले नेपाल र नेपाली प्रति घात गरिरहेको यो सरकारलाई छिट्टै हटाउनु पर्नेमा जोड दिए ।
सरकारले पश्चगामी संविधानलाई कार्यान्वयन गर्न देखावटी भए पनि निर्वाचनको मिति घोषणा गरेको भन्दै यदि यस्तै अवस्थामा निर्वाचन गर्न खोजे देश गृह युद्धमा जाने निश्चित रहेको गजुरेलले बताए ।
नेपालीले त्रान्ति गरेर ल्याएको परिवर्तनलाई प्रतिक्रान्ति तर्फ धकेल्ने काम भएको भन्दै गल्ती संविधान जारीमै भएकाले यसलाई सुधार गर्न संविधान खारेज गरी नयाँ शिराबाट देशलाई निकास दिन नसके देशले सधैँ राजनीतिक संक्रमण ब्यहोर्नु पर्ने उनले बताए ।
उनले सप्तरीमा जसरी सरकारले नेपाली नागरिकको हत्या गर्‍यो सरकारलाई दिएको सम्थर्न फिर्ता लिन मोर्चाले एक हप्ते अल्टिमेटम दिनु भनेको दिल्लीको आदेशको पर्खाइ भएको भन्दै आफैले सम्र्थन गरेको सरकारले नै हत्या गर्नुलाई कसरी हेर्ने भनी प्रश्न गरे ।
वर्तमान सरकार भ्रष्टाचार, कालो बजारी, घुसखोरी र तस्करहरुको संयोजनमा निर्मित छदैं थियो यसमा झनै पञ्चेहरुको आगमनले यो सरकारको स्वरूप नेपाली माझ स्पष्ट पारिदिएको गजुरेलको टिप्पणी छ ।
उनले प्रचण्डले देशको राजश्वमा ब्रम्हलुट गरिरहेको पछिल्लो समयमा एनसिएलको कर छलीलाई दिन लागेको छुट र कुनै पनि मन्त्रालयका सचिवले सम्र्थन नगर्दा समेत जसरी पनि छुट दिलाउन लागि परेको भन्दै इतिहासकै कमिशन खोरी सरकार र त्यसको नेतृत्व प्रचण्डले गरिरहको आरोप लगाए ।
नेपालमा प्रतिगामी र पश्चगामीहरुले संविधानसभा देखि मन्त्रालय हुँदै राजनीतिक दलहरुमा समेत आफ्नो पकड बनाई सकेकोले यसलाई चिर्दै नेपाललाई मुक्ति दिन अब नयाँ आन्दोलनको विकल्प नभएको उनले बताए ।
माओवादी बिचको एकता हल्ला मात्र भएको भन्दै आफ्नो पार्टीबाट एमाओबादीमा गएका पम्फा भुसाल, बादल र गुरुङहरुले जसरी एमाओबादी भित्र रहेर गलतको विरोध गर्ने भनेको थिए उनीहरूले पनि प्रचण्डको गलत काममा मुख मिलाउनु धोका भएको उनको भनाई छ ।