Banner News

हेटौडाको लोकतान्त्रिक चोकबाट मेची–महाकाली अभियान चितवनतर्फ अघि बढ्यो



हेटौंडा, २८फागुन । हेटौडाबाट हिजो पुनः शूरु भएको एमालेको मेची महाकाली राष्ट्रिय अभियान चितवन तर्फ अघि बढेको छ ।बढ्नका लागि हेटौडाको लोकतान्त्रिक चोकमा सहभागीहरु जम्मा हुँदै छन् । हेटौडाको लोकतान्त्रिक चोकमा जम्मा भएर चितवनतर्फ अभियान अघि बढेका हो । अभियान एमाले अध्यक्ष केपी शर्मा ओलीको अगुवार्इृमा अघि बढेको छ । अध्यक्ष ओलीसंगै एमालेका शीर्ष नेताहरुको सवारी साधन रहेको छ । अभयानलाई घडा,फुलमाला सहित हेटौडाबासीहरुले विदाई गरेका छन् ।

अभियानमा उपत्यकाका तीन जिल्ला, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, दोलखा, रसुवा, नुवाकोट, धादिङ, चितवन ,पर्सा वारा लगायत जिल्लाबाट एमालेका नेता–कार्यकर्ताहरुले सहभागी भएका छन् । हिजो हेटौडामा भएको विशाल सभामा हजारैको संख्यामा विभिन्त्र पार्टी परित्याग गरि एमाले प्रवेश गरेका थिए । एमालेमा प्रवेश गरेका विभिन्त्र राजनीतिक पार्टीका नेता –तथा कार्यकर्ताहरुलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका थिए । एमालेका शीर्ष नेताहरुले सम्बोधन गरेको हिजोको विशाल सभाको सभापतित्व प्रदेश नं ३ की संंयोजक अष्टलक्ष्मी शाक्यले गरेकी थिइन, भने कार्यक्रम संचालन एमाले मकावानपुरकी अध्यक्ष मनु सिग्देलले गरेकी थिइन् ।