अर्थ

आयल निगमको निर्णय जनताको ढाड सेक्ने



काठमाडौं, २८ फागुन, । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ । निगमले शुक्रबार राति १२ बजेपछि लागू हुने गरी प्रतिसिलिन्डर ग्यासको मूल्य २५ रुपैयाँ बढाएको हो । अन्र्तराष्ट्रिय बजारलाई अघि सार्दै निगमले ग्यासमा मूल्य बृद्धि गरेको भए पनि निगम व्यवस्थापनको अतिरिक्त कमाउने योजनाका साथ यस्तो निर्णय गरेको हो । यो वा त्यो कारण अघि सार्दै यस अघि पनि निगमले पेट्रोलियम पदार्थमा मूल्य बुद्धि गर्दै आएको छ । अहिले एकाएक ग्यासको मूल्य वुद्धिमा पनि ग्यास व्यवसायीसंगको मिलोमतोमा गरिएको हो ।
मूल्य वृद्धिसँगै प्रतिसिलिन्डर ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ पुगेको छ । यसअघि १३ सय ५० रुपैयाँ थियो ।
निगमका प्रवक्ता सीताराम पोखरेलले अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य वृद्धिसँगै भारतीय आयल निगमले बढेकै मूल्यमा नेपाललाई ग्यास पठाएको भन्दै मूल्य वृद्धि गरिएको जनाए ।