चितवन,२८ फागुन। एमालेको मेचीमहाकाली राष्ट्रिय अभियान चितवन पुग्दा एमाले कार्यकर्ता र समर्थकहरुको व्यापक सहभागिता देखिएको छ ।चितवनको नारायणी नदी किनारमा मानिसहरुको भिड खचाखच भएर गैंडाकोटर्फ सम्म सहभागीहरुको ठूलो लर्को देखिएको थियो । ।
शनिवार बिहान हेटौंडाबाट अघि बढेको अभियानले २० किलोमिटर राजमार्गमा दूरी ओगटेको थियो ।
सिमसिम पानीका बीच दशौं हजार सहभागी चितवन हुँदै कावासोती अघि बढ्ने तयारीमा छन् ।
नारायणगढ बजारको २ स्थानमा ठूला ठूला स्पीकर राखिएका छन् । त्यहाँ वरपर बसेर पनि सर्वसाधारण नागरिकहरुले एमाले सभा सुनिरहेका छन् । कार्यक्रमस्थलमा बिभिन्न जातजातिका झाकीहरु प्रर्दशन गरिएका थिए ।
11 March 2017 16:30 PM
प्रतिक्रिया दिनुहोस्