राजनीति

चन्द्रौटाका स्थानीयहरूले मेची –महाकाली यात्रामा सहभागीलाई स्वागत गर्दे



दिपक खड्का

कपिलबस्तु, ३० फागुन ।यस अघि नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाले मेची–महाकाली राष्ट्रिय अभियानको दशौं दिन कपिलबस्तुको जीतपुरमा भइरहेको बिशाल सभालाई संवोधन गर्दै राष्ट्रियताबिरोधीलाई एमालेले असफल पार्ने बताए । महासचिवले‘हाम्रो देशमा एक जाती र अर्को जातीको बिचमा, एक भाषा बोल्ने र अर्को भाषा बोल्ने जनताका बिचमा, एक धर्म मान्ने र अर्को धर्म मान्ने जनताका बिचमा , तराई र पहाडमा बिचमा सद्भाव कमजोर पार्ने षड्यन्त्र भइरहेको छ’ उनले भने,‘एमाले सद्भाव खलबल्याएर राष्ट्रिय स्वाधिनता कमजोर पार्ने यस्ता तत्वहरुलाई सफल हुन नदिने वताए । कार्यक्रममा पार्टी सचिव गोकर्ण विष्टले विदेशीको इसारामा संविधान संम्शोधनको प्रस्वाव आएको वताउँदै कुनै पनि हालतमा सफल हुन नदिने वताए ।

एमाले केन्द्रीय सदस्य तथा सांसद लालबाबु यादवले संविधान संसोधनको प्रस्ताव मधेश र मधेशी जनताको हितको पक्षमा नरहेको बताएका छन् ।
उनले यादबले मधेश र पहाडलाई अलगथलग गर्ने उदेश्यले संसोधन प्रस्ताव ल्याइएको वताए । उनले
तपाईहरुलाई म सोध्न चाहान्छु मधेश र पहाड सँगसँगै मिलेर बस्ने की छुट्टयाएर जाने हो’ उनले भने ‘हामी मिलेर बस्न चाहान्छौं, बिभाजित भएर होइन ।’ बिदेशीको इसारामा नेपालमा कुनै निर्णय हुन नसक्ने पनि यादबले बताए ।