काठमाण्डौ,१ चैत । नेकपा एमालेमेची–महाकाली राष्ट्रिय अभियान नेपालगञ्ज पुगेको छ । हजारौँको उपस्थितिमा एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यहाँ सम्वोधन गरिरहेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले अभियान अन्र्तगत नेपालगंन्जमा क्रममा एमालेलाई मधेस, जनजाती, अदिवासी, दलित विरोधी भन्ने भ्रम फैलाइएको भन्दै अभियानले त्यो भ्रम चिरेको दाबी गरे । उनले मधेसी मोर्चाका नेताहरुलाई अरुको उक्साहटमा नलाग्न सुझाव दिएका छन् । उनले मोर्चाका नेताहरुलाई शान्तिपूर्ण बाटोमा आउन पनि आग्रह गरे । उनले एमालेको अभियान रोक्न खोजे एमाले चुप नलाग्ने पनि चेतावनी दिए ।
कार्यक्रममा नेता लालबाबु पण्डितले एमाले तराई, पहाड र हिमाल सबैतिर भएको बताएका छन् । उनले एमालेले सबैतिर कार्यक्रम गर्ने हैसियत राख्ने पनि दाबी गरेका छन् ।
तराई–मधेसबाट एमालेलाई लखेट्ने धम्की दिनेहरु विदेशी दलाल भएको भन्दै उनले मधेसी मोर्चाका नाममा ५६ जना मन्त्री बनिसके पनि उनीहरुले राजधानीमा घर बनाउने आफू सम्पन्न बन्ने बाहेक केही नगरेको दाबी गरे । अहिले पनि राजधानीमा कोठा भाडामै बस्दै आएका लालबाबुले भने– ‘म मधेसी गरिव जनतालाई सोध्न चाहन्छु, मधेसी मोर्चाका नेताहरुलाई मन्त्री बनाएको राजधानीमा घर बनाउनका लागि हो ?उनले मधेसी मोर्चाका नेताहरुलाई लाठी र भाला त्यागेर आउन आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्