राजनीति

नेता नेम्वाङले भने –तीन तहको निर्वाचनको वातावरण बनाउन एमालेको मेची–महाकाली अभियान



काठमाडौँ, १ चैत । नेकपा एमाले का उपनेता सुवास नेम्वाङले व्यापक सहमति गरेर बनाइएको संविधानको प्रभावकारी कार्यान्वयन गर्न सबै दल एक ठाउँमा उभिनु अपरिहार्य रहेको बताएका छन ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा नेता नेम्वाङले समय माग गर्दै स्थानीय, प्रादेशिक र सङ्घीय तीनै तहका निर्वाचन आगामी २०७४ माघ ७ गतेभित्र गर्ने वातावरण बनाउनकै लागि एमालेले मेची–महाकाली राष्ट्रिय अभियान सुरु गरेको जानकारी गराए । उनले भने “सबै एक जुट हुँदा विगतमा निरङ्कुश शासकविरुद्ध आन्दोलन सफल भयो, समावेशी संविधान जारी ग¥यौँ, अब यसको कार्यान्वयनमा पनि एक जुट हुनुपर्छ ।”

नेता नेम्वाङले कुनै शङ्का उपशङ्का नगरी निर्वाचनमा लाग्न सबै दललाई गरे । मुलुकको इतिहासमै स्थानीय तह अधिकारसम्पन्न भएको बताउँदै उहाँले संविधानमार्फत अधिकार र विकास जनताको घरमा एकैचोटि पुगेको जिकिर गरे ।

संविधान संशोधन तत्काल पारित हुने अवस्था नभएकाले दलहरु आआफ्ना घोषणापत्र लिएर जनतामाझ जानुपर्ने बताउँदै उनले भने,दलहरुबीच देखिएको राजनीतिक बहसको छिनोफानो जनताले नै गर्ने छन् ।