गुलरिया (बर्दिया), २ चैत । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले संविधान संशोधन गर्न कुनै पनि हालतमा नदिने बताएका छन् ।
नेकपा (एमाले)को मेची–महाकाली अभियानअन्तर्गत बर्दियाको राजापुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले भने, ‘संविधान संशोधन गर्ने कुचेष्टा नगरे हुन्छ । हामी कुनैपनि हालतमा मान्दैनौ ।’
जातीय राज्यको नारा लगाएर नेपाललाई रुगान्डा बनाउन खोजेको आरोप लगाउँदै उहाँले एमालेलाई यस्तो प्रवृत्ति मान्य नहुने बताए ।
मेची–महाकाली अभियानका क्रममा २ नम्बर प्रदेशमा घटेको घटना दुःखद भएको भन्दै उपाध्यक्ष गौतमले विदेशीको इसारामा कैलालीको टीकापुर घटना दोहोर्याउन खोजेको आरोप लगाए ।
विभिन्न पार्टी परित्याग गरेका तीनसयभन्दा बढीलाई टीका लगाई पार्टीमा स्वागत गरिएको एमाले बर्दिया क्षेत्र नम्वर ४ का संयोजक पहाडी थारुले बताए ।
प्रतिक्रिया दिनुहोस्