सम्पादकीय

प्रधानमन्त्रीको चीन भ्रमण राजकीय हुने



काठमाडौं, ४ चैत । प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण राजकीय हुने भएको छ । उनलाई बेइजिङमा राष्ट्रपति सी चिनफिङ भेटघाटको रेड कार्पेट ओछ्याइने भएको हो । उनले बेइजिङमा उच्चस्तरको भेटघाट गरेपछि मात्र बोआओ फोरममा सहभागी गराउने तयारी अघि बढेको परराष्ट्र स्रोतले बतायो ।

चैत १० मा प्रचण्ड चीन जानेगरी प्रत्रिया अघि बढेको छ । उनी सुरुमा बेइजिङ पुग्नेछन् त्यहाँ राष्ट्रपति सी चिफिङसँग भेट गरेर बोआओ फोरममा आउने तयारी छ । यसअघि बोआओबाट त्यसतर्फ जाने भनिएको थियो ।

बेइजिङमा राजनीतिक वार्ता गरेर मात्र वोआओ फोरममा आउने भएपछि त्यहीअनुरुप मिलाइने भएको हो । प्रचण्डको भ्रमणलाई लिएर चिनियाँ राजदूत यू होङसहितको टोलीले परराष्ट्रमन्त्री प्रशाशशरण महतसँग बिहीबार भेटेर तयारीबारे छलफल समेत गरेकी थिइन् ।

परराष्ट्रमन्त्रीसँग भएको छलफलमा दुईपक्षीय समझदारी र प्रधानमन्त्रीको भ्रमण मोडेलबारे छलफल भएको अधिकारीहरुले बताए । भ्रमणमा प्रधानमन्त्रलिे नेपालको पछिल्लो राजीतिक अवस्था र नेपाल एक चीन नीतिप्रतिको प्रतिबद्धतामा चीनलार्य आश्वस्त पार्ने काम हुनेछ ।कान्तिपुरमा समाचार छ ।