काठमाडौ, ४ चैत्र । सरकारले निर्वाचन घोषणा गरेको करिब एक महिना हुन लागेको छ । १९ वर्ष पछि हुन लागेको स्थानीय निकायको यो निर्वाचन पनि हुने होकि होइन, भन्ने आंशका अझै छ ।
सरकारले घोषणा गरेको निर्वाचनको वातावरण बनाउने र त्यसको तयारीलाई तीव्रताका साथ अघि बढाउने काम सत्तारुढ दलकै पहिलो कर्तत्य हो । तर, सरकारमा सहभागी सबै भन्दा ठूलो दल नेपाली कांग्रेस भने निर्वाचनको वातावरण बनाउनेमा लागेको देखिदैन् ।
कांग्रेसका सभापति शेरवहादुर देउवा निर्वाचन भन्दा पहिले संविधान सम्शोधन हुनुपर्छ भन्दै मधेसी मोर्चाले राख्दै आएको मागको पछि-पछि लागेका छन् । उता, प्रधानमन्त्री पुष्पकमल दाहालले भने पहिले चुनाव त्यसपछि संविधान सम्शोधन अर्थात सीमाकंन भन्न थालेका छन् ।
सत्तारुढ दलका दुई प्रमुख नेताहरुको विपरीत अभिव्यक्तिका कारण आसन्न निर्वाचन शंकाको घेरामा परेको छ । सत्तारुढ दलका प्रमुख नेताहरुको अभिब्यक्ति नदीको दुई किनारा जस्तो देखिएको छ । जसले गर्दा निर्वाचन नै दुविधामा परेको छ ।
देशको सबै भन्दा ठूलो पार्टी नेपाली कांग्रेस हो । ठूलो पार्टीको भूमिका राष्ट्रिय राजनीतिमा ठूलै हुनु पर्ने हो । मुलुकमा उत्पन्न संकटलाई निकास दिन कांग्रेसले भूमिका निर्वाह गर्नु पर्ने हो ।तर, कांग्रेसको भूमिका राष्ट्रिय राजनीतिलाई जटिलतातर्फ धकेल्नमा नै उद्धत भएको देखिदै आएको छ ।
अहिले आएर कांग्रेसको त्यसमा पनि सभापति शेरवहादुर देउवाको भूमिका निर्वाचन विथोल्ने खेलमा केन्द्रित हुन थालेको छ । जसरी पनि चुनाव हुनै नदिने खेलमा लागेका मधेसी मोर्चालाई देउवाले साथ र सहयोग दिदै आउनु भनेको प्रकान्तरले घोषित मितिमा चुनाव हुन नदिनु नै हो ।
यतिवेला कांग्रेससंग राष्ट्रिलाई निकास दिने आफ्नो पार्टीको कुनै मुद्दा छैन् । कांग्रेस मधेसी मोर्चाको एजेण्डामा लुरु–लुरु हिड्न थालेको छ । मोर्चाले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिइसकेको अवस्थामा मोर्चाको मागको कांग्रेस पछि लाग्नु भनेको घोषित मितिमा चुनाव नगर्ने खेल वाहेक अर्को के हुन सक्छ?
त्यसोत मेची-महाकाली राष्ट्रिय अभियानको क्रममा एमालेको पक्षमा जनलहर उर्लिएको देखेपछि कांग्रेस मा-ओवादी घोषित चुनाव रोक्ने खेलमा लागेको देख्न थालिएको छ । स्थानीय निकायको निर्वाचन भए हिमाल,पहाड र तराई सबैतिर एमाले पार्टीले बढार्ने निष्कर्ष निकाल्दै घोषित मितिको निर्वाचन नै रोक्ने डिजाइन अनरुप कांग्रेस सभापति शेरवहादुर देउवाले अभियान अघि बढाएका छन् ।
सिगो देशलाई नै निर्वाचनको माहोलतर्फ लैजानु पर्ने जिम्मेवारी बोकेको सत्तारुढ दलका सभापति देउवा उल्टै पहिले संविधान संम्शोधनको गीत गाउँदै हिड्नु भनेको यो वा त्यो वाहनामा निर्वाचन विथोल्नु नै हो ।
निर्वाचन तर्फ अघि बढिसकेको मुलुकलाई एकाएक संम्शोधनको नाममा पछाडि फर्काउने खेलमा देउवा लागेका छन् । यसबीच देउवाले मधेसी मोर्चाका नेताहरुलाई भेटेर चुनाव भन्दा पहिले नै जसरी भए पनि संविधान सम्शोधन हुने र आफू त्यसका लागि क्रियाशील भएको वताइसकेको छन् ।
त्यति मात्रै होइन, देउवाले केही दिन अघि पार्टीका पूर्वपदाधिकारी र पदाधिकारीहरुको बैठक बोलाएका थिए । सो बैठकलेपार्टीबाट समेत निर्वाचन र संविधान सम्शोधनको विषय संगसंगै लैजाने भनेर पार्टीलाई नै निर्वाचन रोक्ने कित्तामा उँम्याएका हुन ।
उता, प्रधानमन्त्री दाहालले भने हिजोआज सरकारले घोषणा गरेको निर्वाचन हरहालतमा हुने , त्यसलाई कुनै पनि तागतले रोक्न नसक्ने वताउँदै आएका छन ।
प्रधानमन्त्रीले हिजो भक्तपुरस्थित सानोठिमी क्याम्पसमा अखिल क्रान्तिकारीको केन्द्रीय पदाधिकारी बैठक उदघाटन गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका उनले भने, ‘अब बैशाख ३१ को स्थानीय तहको निर्वाचन दुनियाँको कुनै तागतले रोक्न सक्दैन । संविधान कार्यान्वयन र संघीयतालाई संस्थागत गर्न स्थानीय तहको निर्वाचन हरहालतमा गर्नैपर्छ ।’
प्रतिक्रिया दिनुहोस्