शैक्षिक

काँकरटभिट्टा देखि महेन्द्रनगर सम्म पुग्दाः विभिन्न पार्टीका नेता–कार्यकर्ता करिव २५ हजार एमालेमा प्रवेश



काठमाण्डौ,४ चैत । संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि र स्वाभिमान सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि मेची–महाकाली अभियान’ भन्ने मूल नाराका साथ काँकरभिट्टाबाट यही फागुन २१ बाट सुरु मेची–महाकाली राष्ट्रिय अभियान कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा पुगेर सम्पन्न भएको एमालेले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

पत्रकार सम्मेलनका क्रममा एमालेले अभियानका बीचमा झण्डै २५ हजार नेता –कार्यकर्ताहरू विभिन्न पार्टी परित्याग गरेर नेकपा एमाले मा प्रवेश गरेको जानकारी दिएको छ । ‘नेकपा एमाले को बढ्दो लोकप्रियतालाई यसले पुष्टि भएको छ,’ पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘अभियानमा सबै वर्ग, समुदाय र पेशाका जनताको व्यापक सहभागिता र विशेष गरेर महिला, युवा र प्रौढहरूको सक्रियताबाट पार्टीले थप प्रेरणा, उर्जा र शक्ति प्राप्त गरेको छ ।’

त्यसैगरी एमालेले हालै कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका आनन्दबजारमा भारतीय सीमा सुरक्षा बलका जवानहरूले नेपाली भूमिभित्र पसेर गोविन्द गौतमको गोली हानी कायरतापूर्वक हत्या गरेको घटनाप्रति पनि खेद व्यक्त गरेको छ । ‘नेपाली जनतामाथि दुव्र्यवहार र आक्रमण गरेका छन् । हाम्रो पार्टी नेपाली भूभागमाथिको अतिक्रमणको विरोध र मातृभूमिको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नु हुने सहिद गोविन्द गौतमप्रति उच्च सम्मान व्यक्त गर्र्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ,’ एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।